सुनको मूल्यमा उच्च वृद्धि, चाँदी पनि महँगियो
काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा फेरि उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला रु. १,४०० ले बढेर रु. २,८८,५०० पुगेको छ।
महासङ्घका अनुसार आइतबार छापावाला सुन प्रतितोला रु. २,८७,१०० मा कारोबार भएको थियो। सोमबारको वृद्धिसँगै सुनको मूल्य नयाँ उचाइमा पुगेको हो। यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेको छ। अघिल्लो दिन रु. २,४६,१४० रहेको १० ग्राम सुनको मूल्य सोमबार बढेर रु. २,४७,३४० कायम भएको महासङ्घले जनाएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला रु. ३५ ले बढेर रु. ४,४४५ पुगेको छ। आइतबार चाँदी प्रतितोला रु. ४,४१० मा कारोबार भएको थियो।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा भइरहेको उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको छ। त्यसैले आगामी दिनमा पनि सुन र चाँदीको मूल्यमा थप परिवर्तन हुन सक्ने अनुमान गरिएको छ।
सम्बन्धित समाचार
बिजुलीको पोलमा मोटरसाइकल दुर्घटना : १५ वर्षीय किशोरको निधन
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
उपायको तीव्र विस्तार : एक वर्षमै ५४ प्रतिशत कारोबार वृद्धि, १५ सय भन्दा बढी रोजगारी सिर्जना
कस्तो छ आजको मौसम पूर्वानुमान ?
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

