Jankari Kendra
१३ श्रावण २०८३, बुधबार
Worldlink

प्रभु बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८३, श्रावण, १३
प्रभु बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको ४१ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। विभिन्न तीन जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर यसअघि विद्यमान संस्थापक सेयरधनीलाई खरिदका लागि ३५ दिनको समय दिँदा कुनै आवेदन नपरेपछि अब अन्य इच्छुक लगानीकर्ताका लागि खुला गरिएको हो।

बैंकका अनुसार सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। आवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउन सकिनेछ।

आवेदकले नेपाल राष्ट्र बैंकले तोकेको ‘फिट एन्ड टेस्ट’ मापदण्ड पूरा गरेको प्रमाणसमेत पेश गर्नुपर्ने बैंकले जनाएको छ। तोकिएको अवधिभित्र प्राप्त आवेदनका आधारमा बैंकले प्रचलित नियमअनुसार सेयर बिक्री प्रक्रिया अगाडि बढाउने जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स