अण्डाको मूल्य फेरि बढ्यो, बजारमा नयाँ दर लागु
काठमाडौं । बर्डफ्लुको प्रभाव क्रमशः कम हुँदै उपभोक्ताको माग बढ्न थालेपछि अण्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले उत्पादनमा आएको कमी र बजारमा बढ्दो खपतलाई आधार मान्दै आजदेखि नयाँ समर्थन मूल्य लागू गरेको हो।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार फार्म मूल्यमा ठूलो, मिडियम र एक्सएल अण्डाको प्रतिक्रेट ३० रुपैयाँले मूल्य वृद्धि गरिएको छ। नयाँ मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट ५३० रुपैयाँ, मिडियम ५०० रुपैयाँ र एक्सएल ५४५ रुपैयाँ कायम गरिएको छ। सानो अण्डाको मूल्य भने प्रतिपेटी (सात क्रेट) ३ हजार रुपैयाँ निर्धारण गरिएको छ।
सङ्घका अनुसार बर्डफ्लु र एच–नाइन संक्रमणका कारण अण्डा उत्पादन अझै पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सकेको छैन। चैतदेखि असारसम्म दैनिक उत्पादन ४३ लाखबाट घटेर २८ लाखमा सीमित भएको थियो। यसले बजारमा दैनिक करिब १५ लाख अण्डाको अभाव सिर्जना गरेको जनाएको छ।
संक्रमणका कारण देशभर करिब १० लाख लेयर्स कुखुरा नष्ट हुँदा किसानले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको सङ्घको भनाइ छ। अहिले बर्डफ्लुको प्रभाव कम भएसँगै बजारमा माग बढिरहेको भए पनि उत्पादन पुरानै अवस्थामा पुग्न अझै केही समय लाग्ने अनुमान गरिएको छ।
सम्बन्धित समाचार
नेप्से परिसूचकमा ७.७९ अंकको गिरावट, ४ अर्बभन्दा बढीको कारोबार
गुगल र मेटा पछि एप्पलले पनि अब स्मार्ट चश्मा ल्याउने
यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन पटाया, थाइल्यान्ड प्रस्थान
प्रभु बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
पहिरो, बाढी र वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध
सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

