घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
जानकारी केन्द्र
२०८३, श्रावण, १७
काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको दुबैको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा अहिले कारोबार भइरहेको छ ।
त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको हो। त्यसदिन १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ३ सय ४० रुपैयाँ थियो।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ३ सय १५ रुपैयाँ तथा १० ग्राम ३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँ तथा १० ग्राम ३ हजार ७ सय ३८ रुपैयाँ कायम भएको थियो।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

