जलवायु परिवर्तनले चीनको पर्यटक बुकिङ २७५ प्रतिशतले वृद्धि,
बेइजिङ । यस गर्मीयाममा उत्तरी गोलार्द्धका अधिकांश भागहरूमा भीषण गर्मीको लहर जारी रहँदा धेरै पर्यटकहरू गर्मी छल्न र शीतल वातावरणको खोजीमा चीनतर्फ आकर्षित भइरहेका छन्।
दक्षिण चीनको शेन्जेनस्थित चहलपहलपूर्ण ‘हुआकियाङबेई’ इलेक्ट्रोनिक्स बजारमा, विदेशी पर्यटकहरू हाते पंखा र चिसो पेय पदार्थ लिएर गर्मीबाट राहत दिने नवीनतम उपकरणहरू खोजिरहेको देख्न सकिन्छ। धेरैका लागि, चीन आफैंमा गर्मीयामको एक प्रमुख गन्तव्य बन्न पुगेको छ। र, यस्ता पर्यटकहरूको संख्या तीव्र गतिमा बढिरहेको छ।
चीनको राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार सन् २०२६ को पहिलो छ महिनामा २ करोड २० लाखभन्दा बढी विदेशी नागरिकहरू चीन भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.४ प्रतिशतले बढी हो। विशेष गरी, युरोप पर्यटक आउने स्रोत बजारहरूमध्ये सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको क्षेत्रको रूपमा उदाएको छ। यस गर्मीयाममा चीन आउने शीर्ष २० स्रोत देश तथा क्षेत्रहरूमध्ये युरोपेली बजारको हिस्सा करिब ३० प्रतिशत रहेको छ भने बुकिङमा अघिल्लो वर्षको तुलनामा २७५ प्रतिशतले वृद्धि भएको छ।
यस वृद्धिको पछाडि जलवायु एउटा प्रमुख कारण हो। हालका वर्षहरूमा गर्मीयाममा ‘हिटवेभ’ अर्थात अत्यधिक गर्मीको लहर बारम्बार देखिन थाले पछि चीनको जलवायुगत विविधता एक प्रतिस्पर्धात्मक लाभका रूपमा उदाउँदै छ। उष्णकटिबंधीय क्षेत्रदेखि चिसो समशीतोष्ण क्षेत्रसम्म फैलिएको र तटीय समतल भूमिदेखि ‘विश्वको छानो’ अर्थात पर्वतीय उचाइ सम्मको भू बनोट भएको चीनले उष्णकटिबंधीय तटहरू, उच्च पहाडी पठारहरू, समशीतोष्ण वनहरू र विशाल घाँसे मैदानहरूको विविधतापूर्ण संयोजन प्रस्तुत गर्दछ। यसले अन्तर्राष्ट्रिय पर्यटकहरूलाई गर्मीबाट राहत पाउनका लागि गन्तव्यहरूको असाधारण रूपमा फराकिलो विकल्प प्रदान गर्दछ।
निस्सन्देह, केवल भौगोलिक अवस्थिति वा भू बनोटले मात्र चीनको बढ्दो आकर्षणलाई पूर्ण रूपमा व्याख्या गर्न सक्दैन। यहाँ एउटा रोचक पक्ष के छ भने अन्तर्राष्ट्रिय पर्यटकहरूले यहाँ आइपुगेपछि के कस्ता कुराहरू अनुभव गर्छन् वा पत्ता लगाउँछन्।
धेरै पर्यटकहरूका लागि पहिलो आकर्षण यहाँको प्राकृतिक दृश्य नै हो। उदाहरणका लागि सिन्जियाङ र सिजाङ (तिब्बत) लाई लिन सकिन्छ। जुन महिनायता सिन्जियाङको ऐतिहासिक सहर काशगरका लागि हुने हवाई उडानको बुकिङ अघिल्लो वर्षको तुलनामा एघार गुणाले बढेको छ भने सिजाङको निङ्चीमा २.७ गुणाले वृद्धि भएको छ। पर्यटकहरू यहाँका मनमोहक दृश्यहरू देखेर मन्त्रमुग्ध हुन्छन् साथै दशकौँ देखि गरिएको वातावरणीय पुनर्स्थापनाका प्रयासहरूले ती पारिस्थितिक प्रणालीहरूलाई जोगाउन मद्दत गरेका छन्, जसले यी गन्तव्यहरूलाई अद्वितीय बनाएका छन्।
उदाहरणका लागि सिजाङले आफ्नो कुल भू भागको आधाभन्दा बढी अर्थात् ६ लाख वर्ग किलोमिटरभन्दा बढी क्षेत्रलाई पारिस्थितिक संरक्षण क्षेत्रमा समावेश गरेको छ। उत्तर पश्चिमको सुख्खा सीमावर्ती क्षेत्र मानिने सिन्जियाङमा मरुद्यान क्षेत्रहरू ५६.६ प्रतिशतले विस्तार भएका छन्।
तसर्थ, चीनको प्राकृतिक दृश्यको आकर्षण केवल प्रकृतिको वरदान मात्र होइन, बरु पारिस्थितिक संरक्षण र वातावरणीय व्यवस्थापनमा गरिएका दृढ प्रयासहरूको परिणाम पनि हो। प्राकृतिक स्रोतहरूको संरक्षण र तिनलाई थप पहुँचयोग्य बनाएर, चीनले पारिस्थितिक लाभहरूलाई मूर्त पर्यटन आकर्षणमा रूपान्तरण गरेको छ। यसले गर्दा पहिले पहुँचभन्दा बाहिर रहेका प्राकृतिक दृश्यहरूलाई प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर धेरै मानिसहरूले पाएका छन्।
मनमोहक दृश्यहरू त कथाको सुरुवात मात्र हुन्। पर्यटकहरू लामो समयसम्म बस्ने वा पुनः आउने कुराको निर्धारण चीनले प्रदान गर्ने समग्र अनुभवले गर्छ।
यस वर्ष ‘चीन भ्रमण’ परम्परागत पर्यटकीय स्थलहरूको अवलोकनभन्दा माथि उठेर चिनियाँ जीवनशैलीको व्यापक अनुभवमा परिणत भएको छ। ‘ग्रेट वाल’ र ‘फर्बिडेन सिटी’जस्ता स्थलहरू अझै पनि प्रतिष्ठित छन् तर अहिले धेरै पर्यटकहरू चिनियाँ जनजीवनबारे जान्न र बुझ्नमा रुचि राख्छन्। विभिन्न सहरहरूबीच तीव्र गतिको रेलको यात्रा, मोबाइल प्लेटफर्ममार्फत भुक्तानी, केही क्लिकमै खानाको अर्डर र रात्रिकालीन बजारको भ्रमण जस्ता गतिविधिहरूले ‘चीन भ्रमण’ लाई आकर्षक बनाउँदै लगेका छन्।
वर्षभरि नै स्फूर्तिदायी र समशीतोष्ण हावापानीका कारण सदाबहार वसन्तको सहरभनेर चिनिने दक्षिणी सहर कुनमिङले यस परिवर्तनलाई प्रस्ट पार्छ। अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि कुनमिङमा एउटा उत्कृष्ट दिनको सुरुवात ‘दौनान फ्लावर मार्केट’को भ्रमणबाट हुन सक्छ, यो एसियाकै सबैभन्दा ठूलो फूलको बजार हो, जहाँ कुशल ढुवानी र यातायात सञ्जालका कारण ३०० भन्दा बढी प्रजातिका फूलहरू अन्य ठाउँको तुलनामा निकै कम मूल्यमा पाइन्छन्।
यहाँ अन्तर्राष्ट्रिय क्रेडिट कार्ड वा मोबाइल भुक्तानी खातामार्फत रकम तिर्न सकिन्छ, जसले गर्दा विदेशी पर्यटकहरूका लागि प्रायः झन्झटिलो मानिने भुक्तानी प्रक्रिया सहज बन्छ। यस्तो सुविधा सहरभन्दा बाहिर पनि उपलब्ध छ। पर्यटकहरूले अनलाइनमार्फत तीव्र गतिको रेलको टिकट बुक गर्न र एक घण्टाभित्रै सहरबाहिर निस्केर स्थानीय संस्कृति तथा खानपानको अनुभव लिन सक्छन्।
यी अनुभवहरूलाई विशेष बनाउने कुरा कुनै एउटा सेवा मात्र होइन, बरु दैनिक जीवनका विभिन्न पक्षहरूको सहज अन्तरसम्बन्ध हो । कुशल यातायात, सुविधाजनक भुक्तानी प्रणाली, उपभोगका विविध विकल्प र सुरक्षित सामाजिक वातावरणले पर्यटकहरूलाई चीनमा विनाअवरोध वा कम समस्याका साथ आवतजावत गर्न मद्दत गर्छन्। आधिकारिक तथ्याङ्कअनुसार, सन् २०२५ मा देशभर आपराधिक घटनाहरूको संख्या अघिल्लो वर्षको तुलनामा १२.८ प्रतिशतले घटेको छ, जुन यस शताब्दीकै न्यून हो । साथै, सार्वजनिक सुरक्षाप्रति जनताको सन्तुष्टि लगातार ६ वर्षदेखि ९८ प्रतिशतभन्दा माथि रहेको छ।
चीनमा बिताएको समयबारे चर्चा गर्दा विश्वभरका पर्यटकहरूले तिनै दैनिक अनुभवहरूलाई विशेष रूपमा उल्लेख गर्ने गर्छन्।
रेलको टिकट बुकिङ गर्नेदेखि लिएर सामान्य ‘स्क्यान’ मार्फत खानाको भुक्तानी गर्नेसम्मका कुराहरूले यात्रालाई सहज र आत्मविश्वासपूर्ण बनाउँछन्, जुन यात्रा अनुभवको एक महत्त्वपूर्ण पक्ष हो। यसले यो पनि स्पष्ट पार्छ कि यस गर्मीयाममा चीन आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको संख्यामा देखिएको वृद्धि केवल एक मौसमी प्रवृत्ति मात्र होइन, यसले बाहिरी विश्वले चीनलाई हेर्ने र बुझ्ने तरिकामा आएको व्यापक परिवर्तनलाई समेत झल्काउँछ।
यात्रालाई थप सहज र पहुँचयोग्य बनाउने सरकारी नीति तथा प्रणालीहरू नै यस बढ्दो सहजताको मुख्य आधार हुन्। चीनले आफ्नो ‘ढोका खोल्ने’ अर्थात ओपनिङ अप० उच्चस्तरीय प्रयासहरूको निरन्तरता स्वरूप भिसा नीतिलाई खुकुलो बनाउँदै लगेको छ । यस अन्तर्गत ५० देशका नागरिकहरूका लागि एकतर्फी भिसा मुक्त प्रवेशको व्यवस्था र २९ देशहरूसँग पूर्ण पारस्परिक भिसा छुटको सम्झौता कार्यान्वयनमा ल्याइएको छ। यसको नतिजा पनि देखिन थालिसकेको छ। उदाहरणका लागि सन् २०२५ मा चीन भित्रिने कुल विदेशीहरूमध्ये ७३ प्रतिशत भिसा मुक्त प्रवेश सुविधा लिएर आएका थिए।
यात्रासम्बन्धी बढ्दो निश्चितताका कारण चीन आउने पर्यटकहरूको संख्यामा वृद्धि भइरहेको छ। यहाँ उनीहरूले दैनिक जीवनको सहजता, फराकिलो विश्वसँग जोडिएको खुला तथा आतिथ्यपूर्ण समाज र देशको आधुनिकीकरणका ठोस उपलब्धिहरू प्रत्यक्ष अनुभव गर्न पाउँछन्। तसर्थ, चीनप्रतिको आकर्षण केवल यहाँको शीतल गर्मीयाममा मात्र सीमित छैन, बरु चीनको प्रत्यक्ष अनुभवबाट प्राप्त हुने बढ्दो निश्चितताको भावनामा पनि निहित छ।
सम्बन्धित समाचार
सस्तोभन्दा सही छनोटतर्फ नेपाली उपभोक्ता : गुणस्तर, सेवा र दीर्घकालीन मूल्यमा बढ्दो ध्यान
बजारबाट ८५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, तीनमहिने निक्षेप संकलनको बोलकबोल
सुनको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ कारोबार ?
२२.६७ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, ६ अर्ब २२ करोड कमाइ
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
शाओमीले सार्वजनिक गर्यो नयाँ शाओमी वाच एस फाइभ ४६ एमएम स्मार्टवाच, कतिपर्छ मूल्य ?
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु

