लालबकैयाको बाढीले हुलाकी राजमार्ग जलमग्न
रौतहट । अविरल वर्षासँगै रौतहटको लालबकैया नदीमा आएको बाढीले हुलाकी राजमार्गको राजपुर नगरपालिका क्षेत्र जलमग्न बनेको छ। सडक माथिबाट बाढीको पानी बग्न थालेपछि स्थानीय बासिन्दा, यात्रु तथा सवारी चालकहरू ज्यानको जोखिम उठाएर आवतजावत गर्न बाध्य भएका छन् ।
राजपुर नगरपालिका-२ फतुवा महेशपुरदेखि राजपुर जोड्ने हुलाकी सडकखण्डको पश्चिम लच्कामा बाढीले सडक पूरै ढाकेको छ। वैकल्पिक मार्गको अभावका कारण दैनिक सयौं यात्रु र सवारीसाधनले जोखिमपूर्ण अवस्थामै यही सडक प्रयोग गरिरहेका छन्।
बाढीका कारण सडकमा पानीको बहाव तीव्र बन्दै गएपछि सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहट र नेपाल प्रहरीले संयुक्त रूपमा सुरक्षा निगरानी बढाएका छन्। घटनास्थलमा खटिएका सुरक्षाकर्मीले यात्रुलाई आवश्यक सहजीकरण गरिरहेका छन्।
सशस्त्र प्रहरी नम्बर ११ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीका अनुसार बाढीको अवस्थालाई निरन्तर निगरानीमा राखिएको छ। जलस्तर थप बढेमा जनधनको सुरक्षालाई प्राथमिकता दिँदै सडकमा आवतजावत अस्थायी रूपमा रोक्न सकिने तयारी गरिएको उनले बताएका छन्।
सुरक्षा निकायले डुबान भएको सडकबाट अनावश्यक रूपमा यात्रा नगर्न तथा सम्भव भएसम्म सुरक्षित वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। निरन्तर वर्षा भइरहेकाले लालबकैया नदीको जलस्तर अझै बढ्न सक्ने आकलन गर्दै स्थानीय प्रशासनले नदी किनारका बासिन्दा र यात्रुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
स्थानीयवासीले भने हरेक वर्ष दोहोरिने डुबानका कारण जनजीवन प्रभावित हुँदै आएको भन्दै हुलाकी राजमार्गको सतह उचाल्ने, प्रभावकारी निकास प्रणाली निर्माण गर्ने र बाढी नियन्त्रणका दीर्घकालीन संरचना निर्माण गर्न सरकारसँग माग गरेका छन्।
सञ्जय मिश्रा
सम्बन्धित समाचार
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
भेस्पा तथा अप्रिलिया खरिदमा १ लाख रुपैयाँसम्म नगद लाभ, २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बेनिफिट र हरेक खरिदमा अनर एक्स ५ प्ले स्मार्टवाच
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

