बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
काठमाडौं । टिकटकले बालबालिकाको गोपनीयताको अधिकार उल्लंघन गरेको आरोपसम्बन्धी मुद्दा टुंग्याउन अमेरिकालाई ४० करोड डलर तिर्न सहमति जनाएको छ। यो यस प्रकारको मुद्दामा भएको अहिलेसम्मकै ठूलो जरिवाना मध्ये एक हो।
यो सम्झौता पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा न्याय विभागद्वारा सन् २०२४ मा दायर गरिएको मुद्दाको परिणाम हो। उक्त मुद्दामा टिकटक र यसको मातृ कम्पनी ‘बाइटडान्स’ले १३ वर्षभन्दा कम उमेरका लाखौं प्रयोगकर्ताहरूको ठूलो परिमाणमा तथ्यांक संकलन गरेको आरोप लगाइएको थियो।
यस्तो कार्य सन् २००० मा लागू भएको संघीय कानुन ‘चिल्ड्रेन्स अनलाइन प्राइभेसी प्रोटेक्सन एक्ट’को उल्लंघन थियो। यही कानुनको उल्लंघनलाई लिएर अमेरिकाका दर्जनौं राज्यहरूले अहिले ‘मेटा’विरुद्ध पनि मुद्दा चलाइरहेका छन्।
सहायक महान्यायाधिवक्ता ब्रेट शुमेटले भने, ‘यो मुद्दा सुरु हुँदाको तुलनामा आज बालबालिका र अभिभावकहरू बढी सुरक्षित छन् ।’
सो कानुन उल्लंघनका कारण अमेरिकी सरकारलाई जरिवाना तिर्ने अन्य कम्पनीहरूमा गुगलको ‘युट्युब’, जसले सन् २०१९ मा १७ करोड डलर तिरेको थियो, र ‘एपिक गेम्स’, जसले सन् २०२२ मा २७ करोड ५० लाख डलर तिरेको थियो ।
मेटाले पनि अमेरिकाका २९ राज्यका महान्यायाधिवक्ताहरूले लगाएको सो कानुन उल्लंघनको आरोपका कारण अर्बौं डलरसम्मको जरिवानाको सामना गरिरहेको छ। यस मुद्दामा यसै साता जुरीसहितको सुनुवाइ सुरु भएको छ, जसमा इन्स्टाग्राम र फेसबुकको स्वामित्व रहेको कम्पनी माथि बाल प्रयोगकर्ताहरूलाई लक्षित गरेको र उनीहरूबाट नाफा कमाएको आरोप लगाइएको छ।
टिकटक विरुद्धको यो मुद्दा टिकटकको अमेरिकी व्यवसाय र सञ्चालनलाई यसको मूल आधार चीनबाट अलग गर्नुअघि नै दायर गरिएको भए पनि यो सम्झौताले चीनमा रहेको टिकटकको सञ्चालनसँग सम्बन्धित विषयलाई मात्र समेट्छ।
निजी स्वामित्वमा रहेको कम्पनी बााइटडान्सको पछिल्लो मूल्यांकन लगानीकर्ताहरूले ५ खर्ब ५० अर्ब डलर गरेका छन्।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
