टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
काठमाडौं । टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै अगस्ट २४ देखि ‘टोयोटा विजय उत्सव’ सुरु गरेको छ। दशैंसम्म लागू हुने यस विशेष विजय उत्सव मार्फत ग्राहकहरूले टोयोटाका विभिन्न मोडलमा ठूलो छुट तथा आकर्षक अफर प्राप्त गर्ने अवसर पाउनेछन् ।
नाइमा अटो शो २०२६ का क्रममा उपलब्ध विशेष अफरको लाभ लिन छुटेका ग्राहकहरूका लागि ‘टोयोटा विजय उत्सव’ अर्को ठूलो अवसरका रूपमा आएको टोयोटा नेपालले जनाएको छ। अटो शोमा सहभागी हुन नसकेका वा सो अवधिमा गाडी बुकिङ गर्न नपाएका ग्राहकहरूले अब दशैंको अवसरमा टोयोटाका गाडी खरिद गर्ने विशेष लाभ लिन सक्नेछन् ।
कम्पनीका अनुसार, ‘टोयोटा विजय उत्सव’ विशेषगरी दशैंको उत्साहसँग जोड्दै ग्राहकलाई आफ्नो नयाँ यात्रा सुरु गर्ने अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। यस अवधिमा टोयोटाका विभिन्न मोडलमा विशेष तथा ठूलो छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
‘नाइमा अटो शोमा छुटेको अवसर अब फेरि तपाईको नजिक’ भन्ने भावनासहित सुरु भएको ‘टोयोटा विजय उत्सव’ दशैंसम्म सञ्चालन हुनेछ। टोयोटा नेपालले यस अवसरमा सहभागी भई विशेष अफरको लाभ उठाउन सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ ।
सम्बन्धित समाचार
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

