सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बुधबार बिहान सिंहदरबारस्थित रास्वपाको संसदीय कार्यालयमा बैठक सुरु भएको हो । सर्वदलीय बैठकमा लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले सचिव पद्मा भुसाल, नेकपा सहसंयोजक माधवकुमार नेपाल र वर्षमान पुन, राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही, जसपा नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी छन् ।
आजको बैठकले रसुवा बाढी अध्ययन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नेछ । अघिल्लो सर्वदलीय बैठकमा रास्वपा सभापति लामिछानेले संयन्त्र गठनको प्रस्ताव गरेका थिए । तर अहिलेसम्म गठन हुन सकेको छैन । विपदपछिको अवस्थामा सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुपर्ने भए पनि रास्वपा सभापति लामिछानेले बैठक बोलाइरहेका छन् ।
तर सर्वदलीय बैठकले गरेका निर्णय प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वामित्व लिन्छन् लिँदैनन् भन्ने हेर्न बाँकी छ । बालेन सर्वदलीय बैठक बोलाउन र दलका नेताहरूसँग संवाद गर्न अनिच्छुक देखिएका छन् ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
यामाहाले ल्यायो “चङ्गा चेट, जितको नयाँ अपग्रेड” दशैं अभियान, १० लाख रुपैयाँसम्मका पुरस्कार जित्ने मौका
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

