राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
जानकारी केन्द्र
२०८३, आश्विन, २
काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले ५० रुपैयाँ दरको यस नोटका संकेत नम्बर २४ट ०००००१ देखि ७०ण ९९९९९९ सम्म रहने जनाएको छ।
राष्ट्र बैंकका अनुसार, नयाँ नोटको आकार र रङ पहिलैकै जस्तो हुनेछ। नोटमा गभर्नर डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ। नोटको सिरिजमा विसं २०८२ उल्लेख छ।
नोटको अग्रभागमा सगरमाथाको चित्र र लालीगुराँसको पानी छाप राखिएको छ। पानी छापमा ‘५०’ अंकसमेत हुनेछ। नोटमा १.२ मिलिमिटर चौडा सुरक्षण धागो राखिएको छ जसमा ‘अंग्रेजीमा एनआरबी’ लेखिएको छ। पृष्ठभागमा हिउँचितुवाको चित्र राखिएको छ।
सम्बन्धित समाचार
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
आज देशभर मनसुनी वायुको प्रभाव कायमै रहने
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
शाओमी नेपालद्वारा बाढीपीडितलाई अत्यावश्यक घरायसी सामग्री सहयोग
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
ट्रेन्डिङ
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार

