गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
काठमाडौँ। नेपाली उपभोक्तालाई लक्षित गर्दै गोदरेज एप्लायन्सेसले यस वर्षको दसैँ, तिहार र छठ पर्वलाई विशेष बनाउन उत्सव योजना ‘मनैदेखि वाउ ! ’ सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार,यस विशेष योजनाअन्तर्गत गोदरेजका रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ, भिसी कुलर, डीप फ्रिजर तथा एयर कूलर लगायतका उत्पादन खरिदमा उपभोक्ताले आकर्षक उपहार, क्यासब्याक र सहज सुविधा प्राप्त गर्न सक्नेछन्।
यस अफरमा उपलब्ध प्रमुख सुविधा र उपहारहरूमा फ्रन्ट लोड वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल निःशुल्क रहनुका साथै टप लोड वाशिङ मेसिन खरिदमा ४ केजी सर्फ एक्सेल पनि निःशुल्क रहने जनाइएको छ। त्यस्तैगरी,ट्विन टब वाशिङ मेसिन खरिदमा २ केजी सर्फ एक्सेल निःशुल्क रहनेछ भने एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसन रहने कम्पनीले बताएको छ ।
यसका अतिरिक्त, उपभोक्ताले र. २८,५०० सम्मको क्यासब्याक, निःशुल्क डेलिभरी, शून्य प्रतिशत ब्याजदरमा इएमआइ तथा सहज एक्सचेन्ज सुविधा पनि प्राप्त गर्न सक्ने जनाइएको छ। साथै, गोदरेजका फ्रन्ट लोड वाशिङ मेसिनमा ४ वर्षको कम्प्रिहेन्सिभ वारेन्टी उपलब्ध रहेको कम्पनीको दाबी छ।
गोदरेज एप्लायन्सेसले सधैँझैँ उपभोक्ताको आवश्यकता र चाडपर्वको महत्त्वलाई ध्यानमा राख्दै आफ्ना अफरहरू प्रस्तुत गर्दै आएको छ भने यसपटकको ‘मनैदेखि वाउ ! ’ योजनाले उपभोक्तालाई चाडपर्वमा परिवारसँग खुसी बाँड्दै घरलाई आधुनिक उपकरणले सजाउन र थप सुविधा उपभोग गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको कम्पनीले बताएको छ।
गोदरेज इन्टरप्राइजेज ग्रुपअन्तर्गतको गोदरेज एन्ड बोइसको एप्लायन्सेस व्यवसाय सन् १९५८ देखि घरायसी उपकरण उत्पादनमा सक्रिय रहेको जनाइएको छ । ‘थिङ्स मेड थटफुल्ली’ भन्ने दर्शनअनुसार यस ब्रान्डले नवीनतम प्रविधि र उपयोगी डिजाइनका उत्पादनहरू बजारमा ल्याउँदै आएको कम्पनीको विश्वास छ।
चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रनिक्स्ले नेपालमा गोदरेजका उत्पादनहरू उपलब्ध गराउँदै आएको बताइएको छ। नेपालभरिका सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर नेटवर्क, शोरुम तथा सीजी डिजिटल प्लेटफर्ममार्फत उपलब्ध छन् भने उपभोक्ताले आफ्नो परिवारको आकार, भान्साको आवश्यकता र जीवनशैलीअनुसार विभिन्न मोडलहरू छनोट गर्न सक्ने जनाइएको छ । कम्पनीका अनुसार, गोदरेजका भिसी कुलर, रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा एयर कन्डिसनरलगायतका उत्पादनहरू पनि नेपाली बजारमा लोकप्रिय रहँदै आएका छन्। कम्पनीले आधुनिक प्रविधियुक्त तथा उपभोक्तामैत्री उत्पादनमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको जनाएको छ।
यो विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको बताइएको छ।
सम्बन्धित समाचार
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

