Jankari Kendra
११ आश्विन २०८३, आईतवार
Worldlink

अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, आश्विन, ९
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित

काठमाडौं। बिहीबारदेखि जारी अविरल वर्षाका कारण कृष्णभीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग पुनः पूर्ण रूपमा अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बिहीबार राति सडकमाथिबाट ठुला ढुङ्गा र चट्टानसहित पहिरो खसेपछि आवागमन ठप्प भएको हो।

यसअघि गत भदौ १४ गते त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि सोही स्थानमा भीषण पहिरो गएको थियो। उक्त पहिरो पन्छाएर माथिबाट २ सय ७० मिटर नयाँ ट्र्याक खोली ग्राभेल गरेपछि असोज १ गतेदेखि मात्रै सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो। तर, पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।

Top Changing Nepal

युट्युब सट्स