सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
काठमाडौं । नेपालीहरूको महान् पर्व दशैं तथा तिहारलाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको सीजी डिजिटलले देशभरका आफ्ना २८ वटा शोरुमहरू मार्फत विशेष चाडपर्व योजना “घरको खुसी, दशैं तथा तिहारको उमंग” सार्वजनिक गरेको छ।
यस पर्व योजनाअन्तर्गत ग्राहकहरूले घरायसी इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सका विभिन्न उत्पादनहरूमा २५% सम्मको छुट प्राप्त गर्नुका साथै स्योर सट उपहार र एकभन्दा बढी लक्की ड्र विजेता जस्ता आकर्षक अवसरहरू प्राप्त गर्ने कम्पनीले बताएको छ।
कम्पनीका अनुसार,हाल देशभर सञ्चालनमा रहेका २८ वटा सीजी डिजिटल र एलजी ब्रान्ड शप सोरुम मार्फत उपभोक्ताले एलजी, सीजी, टीसीएल, गोदरेज, मिडिया, क्रोम्प्टन, बेको, सेन्सेई, केन्ट, एलिका, सीजी मेरिडिया, ब्ल्याक डेकर र बर्ली जस्ता विश्वसनीय ब्रान्डहरूका साथै नथिङ, मोटोरोला र एआई प्लस जस्ता मोबाइल ब्रान्डहरू समेत एउटै प्लेटफर्ममा अनुभव गर्न सकिरहेका छन्।
६ लक्की विनर्सका लागि विशेष उपहार
यस दशैं–तिहार योजनाअन्तर्गत लक्की ड्रअ मार्फत ६ जना भाग्यशाली विजेताहरू छनोट गरिनेछ भने योजनामा विभिन्न आकर्षक स्मार्टफोन तथा अन्य उपहारहरू जित्ने अवसर रहनुका साथै यसले ग्राहकहरूलाई नियमित खरिदसँगै थप पुरस्कार प्राप्त गर्ने अवसर प्रदान गर्ने सीजी डिजीटलले जनाएको छ।
विभिन्न उत्पादनमा सोर शट गिफ्ट्स
ग्राहकलाई थप मूल्य प्रदान गर्ने उद्देश्यले विभिन्न उत्पादन खरिदमा विशेष उपहारसमेत उपलब्ध गराइएको छ भने वासिङ मेसिन: ८ तथा ९ केजीका वासिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल सहित वासिङ मेसिन कभर (१० केजीसम्म) सम्म निःशुल्क , डिसवासर खरिदमा: २ वटा वासिङ ट्याब्लेट्स निःशुल्क, एलइडी टिभी खरिदमा: ४३”देखि ६५”सम्मका टिभी मा वाल ब्राकेट र निःशुल्क एयर कन्डिसनर खरिदमा: फ्री इन्स्टलेसनको सुविधा रहेको बताइएको छ।
ग्राहकका लागि थप सुविधा
सीजी डिजीटलको दशैं–तिहार योजनामा ग्राहकहरूले केवल छुट र उपहार मात्र नभई विभिन्न अतिरिक्त सुविधासमेत प्राप्त गर्नेछन्। ०% इन्ट्रेस्ट अन ईएमआई सुविधा, एक्सचेन्ज एन्ड ईएमआई सुविधा , फ्री डेलिभरी सुविधा , योग्य उत्पादनमा एक्सचेन्ज बोनस, प्रिभेन्टिभ मेन्टेनेन्स सर्भिस, लोयल्टी क्लब रिवार्ड प्रोग्राम र विभिन्न उत्पादन तथा सेवामा विशेष ग्राहक सुविधा रहेको जनाइएको छ।
सीजी डिजीटलले “अल ब्रान्ड्स इन वन रूफ”को अवधारणाअनुसार ग्राहकलाई एउटै स्थानबाट विभिन्न ब्रान्ड र उत्पादनहरू तुलना गरी आफ्नो आवश्यकताअनुसार सही छनोट गर्न सहज वातावरण प्रदान गर्दै आएको जनाएको छ।
देशभर २८ वटा शोरुममार्फत सेवा
सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी डिजीटलका देशभर २८ वटा शोरुमहरू रहेका छन्, जसबाट काठमाडौं उपत्यकादेखि विभिन्न प्रमुख शहरहरूमा ग्राहकलाई सहज रूपमा सेवा प्रदान हुँदै आएको बताइएको छ। सीजी डिजीटलले आफ्नो शोरुम नेटवर्कमार्फत प्रिमियम प्रडक्ट्स, मल्टिपल ब्रान्ड्स, अट्र्याक्टिभ अफर्स तथा आफ्टर-सेल्स सर्भिसलाई एकै ठाउँमा उपलब्ध गराउँदै आएको दाबी गरेको छ।
यस अवसरमा सीजी डिजिटलले नेपाली उपभोक्तालाई दशैं तथा तिहारको खुसीलाई अझ विशेष बनाउन विश्वसनीय ब्रान्ड, आकर्षक मूल्य, विशेष उपहार, सहज ईएमआई, एक्सचेन्ज सुविधा तथा उत्कृष्ट ग्राहक सेवासहितको किनमेल अनुभव प्रदान गर्ने जनाएको छ।
“घरको खुसी, दशैं तथा तिहारको उमंग” योजनामा सहभागी भई ग्राहकहरूले आफ्नो घरका लागि आवश्यक टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, डिसवासर, माइक्रोवेभ, एयर फ्रायर, भ्याकुम क्लिनर, किचन एप्लायन्सेलगायतका विभिन्न इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सहरू खरिद गर्न सक्ने बताइएको छ।
सम्बन्धित समाचार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु.३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार
रिडाराले ल्यायो ‘फेस्टिभ एडभेन्चर्स अवेट’ अभियान, पक्का उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

