एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
काठमाडौं । घरमा प्रयोग हुने पिउने पानीको गुणस्तर र स्वच्छताप्रति बढ्दो सचेतनासँगै उपभोक्ताहरूले पानी शुद्धीकरण प्रविधिसँगै शुद्धीकरणपछि पानी कसरी भण्डारण गरिन्छ भन्ने विषयलाई पनि प्राथमिकता दिन थालेका छन्। यही आवश्यकतालाई सम्बोधन गर्दै एलजी वाटर प्युरिफायरले उन्नत पानी शुद्धीकरण प्रविधिसँगै स्टेनलेस स्टिल ट्याङ्कीको मजबुती र स्वच्छताको विशेषतालाई संयोजन गरी परिवारका लागि दैनिक सुरक्षित र ताजा पिउने पानीको भरपर्दो समाधान प्रस्तुत गरेको जनाइएको छ।
एलजी वाटर प्युरिफायरको नयाँ रेन्जमा ८ लिटर क्षमताको ३०४ ग्रेड स्टेनलेस स्टिल ट्याङ्क र इन–ट्याङ्क यूभी एलईडी मुख्य विशेषताका रूपमा रहेको छ, जसले परम्परागत प्लास्टिक ट्याङ्कीको तुलनामा थप स्वच्छ र टिकाउ विकल्प प्रदान गर्ने बताइएको छ। उच्च गुणस्तरीय स्टेनलेस स्टिलबाट निर्मित यो ट्याङ्की सफा तथा डिसइन्फेक्ट गर्न सहज हुनुका साथै ब्याक्टेरियाको वृद्धिलाई रोक्न मद्दत गर्ने जनाइएको छ। यसले पानीको हाइजिन तथा स्वच्छता कायम राख्न सहयोग गर्नुका साथै दीर्घकालीन प्रयोगका लागि टिकाउ र भरपर्दो समाधान प्रदान गर्ने कम्पनीको दाबी छ।
थप निश्चिन्तताका लागि डुअल प्रोटेक्सन
एलजीको डुअल प्रोटेक्सन एयरटाइट स्टेनलेस स्टिल ट्याङ्कले शुद्धीकरणपछि पानी भण्डारण गर्दा पनि त्यसको सुरक्षा कायम राख्न मद्दत गर्ने जनाइएको छ । स्टेनलेस स्टिल ट्याङ्कीले पानीको ताजापन र स्वच्छता कायम राख्न सहयोग गर्छ भने, एयरटाइट ट्याङ्क कभर र लकिङ सिस्टमले बाहिरी धुलो, जीवाणु तथा अन्य अशुद्ध पदार्थहरू ट्याङ्कीभित्र प्रवेश गर्नबाट रोक्न मद्दत गर्नुका साथै जीवाणुको वृद्धि हुन नदिन सहयोग गर्ने बताइएको छ।
कम्पनीका अनुसार,यस डुअल प्रोटेक्सन प्रणालीले परिवारका लागि दिनभरि पिउने पानी शुद्ध, ताजा र स्वच्छ रहन थप आत्मविश्वास प्रदान गर्दछ।
स्वच्छ पानीका लागि मल्टी–स्टेज प्युरिफिकेसन
एलजी वाटर प्युरिफायरमा मल्टी–स्टेज प्युरिफिकेसन सिस्टम समावेश गरिएको छ, जसमा मोडलअनुसार सेडिमेन्ट फिल्ट्रेसन, एन्टी–स्केलेन्ट ट्रीटमेन्ट, कार्बन फिल्ट्रेसन, रिभर्स अस्मोसिस (आरओ) तथा मिनरल बुस्टर/पोस्ट–कार्बन फिल्ट्रेसन जस्ता उन्नत फिल्ट्रेसन प्रक्रियाहरू रहेका जनाइएको छ।
परिवारको सुविधालाई ध्यानमा राखेर डिजाइन
८ लिटरको भण्डारण क्षमता सहित एलजी वाटर प्युरिफायर्स परिवारका लागि उपयुक्त छन्, जसले आवश्यक परेको समयमा पर्याप्त शुद्ध पानी उपलब्ध गराउन मद्दत गर्ने बताइएको छ । विद्युत् आपूर्ति नभएको अवस्थामा समेत भण्डारण गरिएको शुद्ध पानी प्रयोग गर्न सकिने भएकाले यसले दैनिक जीवनमा थप सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ।
डब्ल्यूडब्ल्यू १५१ एनटी मोडलमा पावर, ट्याङ्क फुल, सर्भिस रिमाइन्डर र यूभी इन्डिकेटर्स रहेका छन् भने हरेक ६ घण्टामा ट्याङ्कीभित्रको यूभी एलईडी प्रणाली ७५ मिनेटसम्म सञ्चालन हुने जनाइएको छ । डब्ल्यूडब्ल्यू १३१ एनएफ मोडलमा पावर र ट्याङ्क फुल इन्डिकेटर्स उपलब्ध छन्, जसले प्रयोगकर्तालाई वाटर प्युरिफायरको अवस्था सहज रूपमा निगरानी गर्न मद्दत गर्ने बताइएको छ।
दुवै मोडलमा ६,००० लिटरसम्मको फिल्टर लाइफ रहेको छ, जसले फिल्टर परिवर्तन गर्ने आवृत्ति कम गर्दै दीर्घकालीन प्रयोगमा सुविधा प्रदान गर्दछ। उन्नत पानी शुद्धीकरण प्रविधिलाई एयरटाइट स्टेनलेस स्टिल स्टोरेज सिस्टमसँग संयोजन गर्दै एलजीले शुद्धता, स्वच्छता, मजबुती र सुविधालाई एउटै समाधानमा प्रस्तुत गरेको जनाइएको छ।
कम्पनीका अनुसार,बजारमा उपलब्ध परम्परागत वाटर प्युरिफायरका सुविधाभन्दा एक कदम अगाडि बढ्दै, एलजीले आफ्ना वाटर प्युरिफायर्समा “२ फ्री मेन्टेनेन्स” सुविधा पनि प्रस्तुत गर्नुका साथै यो सुविधा पहिलो वर्षको मेन्टेनेन्स सपोर्ट अन्तर्गत प्रदान गरिनेछ, जसले ग्राहकलाई उत्पादन खरिदपछि थप हेरचाह, सुविधा र सुनिश्चितता प्रदान गर्दछ। यो विशेष सुविधाअन्तर्गत ग्राहकहरूले २ पटक निःशुल्क सेड्युल्ड एन्ड अटोमेटेड सर्भिस भिजिट, २ पटक निःशुल्क कन्ट्याक्टलेस मेन्टेनेन्ससहित डिजिटल स्टेरिलाइजेसन केयर तथा २ वटा निःशुल्क आउटसाइड सेडिमेन्ट फिल्टर्स प्राप्त गर्ने बताइएको छ।
यो विशेष सुविधाले ग्राहकलाई उत्पादन खरिदपछि पनि थप सुविधा, निश्चिन्तता र दीर्घकालीन हेरचाह प्रदान गर्ने एलजीको विश्वास छ। यस पहलमार्फत एलजीले पानी शुद्धीकरणमा मात्र सीमित नभई ग्राहकको दीर्घकालीन सन्तुष्टि र सुविधालाई प्राथमिकता दिँदै ग्राहक सेवामा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ ।
एलजी वाटर प्युरिफायर्स एलजी ब्रान्ड सप्स, सीजी डिजिटल तथा अधिकृत एलजी डिलर्स मार्फत खरिद गर्न सकिन्छ। ग्राहकहरूले सहज खरिदका लागि ० प्रतिशत ईएमआई किस्ताबन्दी सुविधा समेत प्राप्त गर्न सक्नुका साथै, हाल चाडपर्वको अवसरमा आकर्षक छुट तथा विशेष अफरहरू पनि उपलब्ध रहेका बताइएको छ।
सम्बन्धित समाचार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
