एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग लुप नेटवर्कमा ’इसुअर बैंक’ को रूपमा आवद्ध हुन त्रिपक्षीय सम्झौता गरेको जनाइएको छ । यस सहकार्य मार्फत एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि डिजिटल माध्यमबाट सजिलै कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने भएको बताइएको छ ।
यस सम्झौता पश्चात् एनएमबि बैंकका ग्राहकहरूले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक संस्थानहरूबाट सामान खरिद गर्दा सजिलै इन्स्ट्यान्ट पर्चेज क्रेडिट (लुप क्रेडिट) सुविधा प्राप्त गर्न सक्नुका साथै ग्राहकहरूले आफ्नो एनएमबि डेबिट कार्ड वा क्युआर मार्फत गरिएको भुक्तानीलाई सहजै मासिक किस्ताबन्दी (लुप इएमआई) मा रूपान्तरण गर्न सक्ने बैँकको दाबी छ। यस सुविधाले ग्राहकहरूलाई तुरुन्तै वित्तीय पहुँच प्रदान गर्दै सामान खरिद गर्न, बजेट व्यवस्थापन गर्न र सरल भुक्तानीको अनुभव लिन मद्दत पु¥याउने जनाइएको छ ।
एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैकिङ्ग सेवा प्रदान गदै आइरहेको बताइएको छ ।
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
