यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
काठमाडौं । दसैँको उत्साह र उमङ्गलाई हर्षोल्लासपुर्वक मनाउन यामाहा नेपालको लेगेसी राइडिङ कम्युनिटी यामाहा ब्लु स्ट्रिक्सले ‘चङ्गा चेट’ फेस्टिभ राइडको आयोजना गरेको छ। साहसिक यात्रा र आपसी सम्बन्धलाई प्राथमिकता दिँदै आयोजना गरिएको यस कार्यक्रमले दसैँको खुसी र उल्लासलाई राइडमार्फत अभिव्यक्त गरेको जनाइएको छ।
यस फेस्टिभ राइडमा पूर्वी नेपाल, चितवन, मकवानपुर र काठमाडौं उपत्यकालाई समेट्ने चारवटा रुटमा राइडरहरू सहभागी भएका बताइएको छ। तय गरिएको योजनाअनुसार धरानदेखि भेडेटार फार्म भिलेजसम्म २० जना, चितवनदेखि मायाटारसम्म २५ जना, हेटौँडादेखि मकवानपुरगढीसम्म २० जना र काठमाडौंको बुढानीलकण्ठसम्मको राइडमा ३० जना सहभागी भएका कम्पनीले जनाएको छ। यी यात्राहरूले देशका विभिन्न ठाउँमा ‘चङ्गा चेट’ को उत्साह फैलाउन सफल भएका छन् भने यस कार्यक्रमले घरभित्र सीमित हुने उत्सवलाई खुला सडकसम्म विस्तार गर्दै देशभरका राइडर तथा स्थानीय समुदायका लागि अविस्मरणीय अनुभव सिर्जना गरेको बताइएको छ।

यो कार्यक्रम केवल राइडिङ अनुभवमा मात्र सीमित नभई यसले सामुहिक यात्रा र नयाँ ठाउँको अवलोकनलाई प्राथमिकता दिँदै बलियो राइडिङ समुदाय निर्माण गर्ने यामाहा ब्लु स्ट्रिक्सको प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गरेको जनाइएको छ।
‘चङ्गा चेट’ फेस्टिभ राइडमार्फत यामाहा ब्लु स्ट्रिक्सले मौलिक नेपाली चाडपर्वको परम्परा र साहसिक यात्राको भावनालाई एकसाथ जोड्दै यस वर्षको दसैँलाई थप यादगार बनाएको बताइएको छ। यस यात्राले दसैँको सांस्कृतिक महत्त्वलाई राइडिङको रोमाञ्चसँग जोड्न सफल भएको छ भने यसले गन्तव्यमा पुग्नुलाई मात्र नभई यात्राका हरेक पललाई उत्सवका रूपमा मनाउने अवसर पनि प्रदान गरेको छ।
कार्यक्रमका अवसरमा एमएडब्ल्यूका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भने, “यस ‘चङ्गा चेट’ फेस्टिभ राइडमार्फत हामीले नेपालका विभिन्न रुटमा दसैँको खुसी र आपसी एकताको भावना फैलाउने लक्ष्य राखेका थियौँ। हाम्रो उद्देश्य उत्साहजनक रूपमा एकसाथ यात्रा गर्दै रोमान्चक राइडको आनन्द लिने थियो।”
कम्पनीका अनुसार,यामाहा ब्लु स्ट्रिक्स राइडिङप्रति रुचि राख्ने र यामाहाको गुणस्तरको कदर गर्ने सबैलाई एकै ठाउँमा जोड्ने सकारात्मक पहल हुनुका साथै यस प्लेटफर्ममार्फत कम्युनिटीका सदस्यहरूले यामाहाका मूल्यमान्यताका बारेमा अझ राम्रोसँग बुझ्ने अवसर पाउँछन्, जसले यामाहा र यसका ग्राहकबीचको सम्बन्धलाई थप बलियो बनाउने गर्दछ।
सम्बन्धित समाचार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
