आज तीन प्रदेशमा हल्का बर्षा हुने
काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रहेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ।
दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहने तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कोशी र बागमती प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भाग तथा बाँकी प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहने र अन्य भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु वा कुहिरो लाग्नेछ।
आगामी पाँच दिनका लागि कुनै पनि मौसमी चेतावनी जारी गरिएको छैन। यद्यपि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।
सम्बन्धित समाचार
एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.द्वारा नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक, १० वटा जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान
विश्व मोबिलिटीको भविष्य देखाउँदै ओमोडा र जेकोको अन्तर्राष्ट्रिय युजर समिट २०२६
आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना
सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र विशेष
चेरी क्यू नेपालमा औपचारिक रूपमा सार्वजनिक
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
एकै दिन तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो सुनको भाउ
सेयर बजारमा भारी पहिरो,कारोबार रकम सवा ७ अर्ब नाघ्यो
