Jankari Kendra
५ मंसिर २०८३, शुक्रबार

नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, मंसिर, ५
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो  २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने

काठमाडौँ । नेपाल बैँक लिमिटेडले आफ्नो ९० औँ वार्षिकोत्सवको अवसरमा ‘एनबीएल फोनलोन’ नामक डिजिटल कर्जा सेवा सुरु गरेको छ । यस सेवा मार्फत योग्य ग्राहकले ‘एनबीएल बैँकस्मार्ट एक्सपी’ मोबाइल एपबाटै बिनाधितो अधिकतम २ लाख रुपैँयासमम कर्जा लिन सक्ने जनाइएको छ ।

बैँकका अनुसार फानेलोन प्रालिको सहकार्यमा सुरु गरिएको यस सेवाका लागि बैँक शाखा धाउनुपर्ने वा भौतिक कागजात बुझाउनुपर्ने छैन । ग्राहकको नियमित आम्दानी,खातामा आउने तलब,विद्यमान कर्जा र विगतको भुक्तानी व्यवहारका आधारमा कर्जाको सीमा निर्धारण गरिने जनाइएको छ ।

ग्राहकले एक महिनादेखि १२ महिनासम्मको किस्ताबन्दीमा कर्जा भुक्तानी गर्न सक्नेछन । त्यस्तैगरी समय अगावै कर्जा चुक्ता गर्ने सुविधा पनि उपलब्ध हुनुका साथै बैँकले यस सेवाबाट डिजिटल बैँकिंग विस्तार हुनुका साथै ग्राहकलाई सहज रुपमा औपचारिक कर्जा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बैकले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स