नेप्सेमा ७ अंकभन्दा बढीको गिरावट, कारोबार रकममा भने सामान्य सुधार
काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३८ अंक घटेर २६२१.२९ विन्दुमा झरेको छ । फ्लोट इण्डेक्स ०.३१ अंक, सेन्सेटिभ इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स दुबै ०.०७ अंक बढेको छ।
१३ मध्ये दुई उपसमूहको परिसूचक बढेको छ । आज बैंकिङ र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।
नेप्से घटे पनि कारोबार रकम भने सामान्य बढेको छ। बिहीबार तीन अर्ब ८७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आन ३५२ स्टकको ३९ हजार ९६६ पटकको कारोबारमा तीन अर्ब ८८ करोड ७५ लाख ६३ हजार रुपैयाँबराबरको एक करोड ६ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।
आज ग्लोबल आइएमई बैंकको २० करोड २२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। लक्ष्मी सनराइज बैंकको करिब १५ करोड रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम ११ करोड रुपैयाँ नाघेको छ।
आज दोल्ती पावर कम्पनीको सेयरमूल्य ५.१४ प्रतिशत बढेको छ। भूगोल इनर्जीको डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी र अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ३ प्रतिशभन्दा कम रहेको छ।
सम्बन्धित समाचार
यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनलाई स्थान, रैथाने प्रविधिलाई प्राथमिकता
प्रधानमन्त्री बालेन्द्रको भारत जाने कार्यक्रम निश्चित, यस्तो छ भ्रमण कार्यतालिका
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
आज अधिकांश स्थानमा मौसम सफा रहने
ट्रेन्डिङ
क्यूजे मोटर नेपालद्वारा पारस खड्का ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त
आज देखि काठमाडौँ उपत्यकामा पशु वधवाला तथा मासु जाँच ऐन लागू
२०८३ मंसिर ३ गते बिहिबार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
१२.७९ अंकले घट्यो नेप्से, ४ अर्ब ७५ करोडको कारोबार
स्थानीय तहको निर्वाचन चैत पहिलो साताभित्रै गराउने आयोगको तयारी
