विदेशबाट आयो ७८८ युवाको शव
काठमाडौं । कामका लागि विदेश जान बाध्य धेरै युवाको सपना गरिबी मेटाउने नै हुन्छ । ती हरेक युवा आकासमा उड्दा एउटै कामना गर्छन्, जे होस् काठको बाकसमा फर्किनु नपरोस् ।तर, विदेशी भूमिमा संघर्ष गर्दागर्दै कतिपयको यो याचना दैवले सुन्दैन । मृत्युले अंगालेपछि उसले कहिल्यै रहन नचाहेको कफिनमा थुनिएर फर्किन्छ, निर्जीव भएर । बेरोजगारीका कारण यो विवशतालाई स्वीकार्न बाध्य युवा र तीनका परिवारको संख्या सानो छैन ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकाअनुसार गत फागुनदेखि हालसम्म झण्डै ११ महिना पनि नबित्दै विदेशमा ज्यान गुमाएका झण्डै ७८८ युवाका परिवारले क्षतिपूर्ति पाएका छन् । यो बीचमा विदेशमा ज्यान गुमाउने २२ जना महिला पनि थिए । ७८८ परिवारलाई सरकारले ४८ करोड ४१ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ ।सरकारले विगत ११ वर्षमा वैदेशिक रोजगरीका क्रममा मृत्यु भएका झण्डै साढे सात हजारभन्दा बढी कामदारका परिवारलाई आर्थिक सहायता रकम वितरण गरिसकेको छ ।
अवैधानिक रुपमा विदेश पुगेर मृत्युवरण गरेका कामदारका परिवारले सरकारबाट कुनै क्षतिपूर्ति नपाउने भएकाले मृतकको संख्या ८ हजार भन्दा निकै माथि रहेको अनुमान छ ।विगत ११ महिनामा वैदेशिक रोजगारीका क्रममा विरामी तथा अंगभंग भएर फर्किएका ३ सय १३ जनाले क्षतिपूर्ति पाएका छन् । उनीहरुले ६ करोड ९२ लाख क्षतिपूर्ति पाएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । बोर्डले वैदेशिक रोजगारीमा रहेका कामदारको ४१ जना परिवारका सदस्यलाई १९ लाख उपचार खर्च पनि वितरण गरेको छ ।बोर्डले अवैधानिक रुपमा श्रम स्वीकृति नलिई गएका र श्रम अवधि नाघेका कामदारको मृत्यु भएमा क्षतिपूर्ति दिँदैन । त्यसरी मृत्यु भएर फर्किने कामदारको एकीन तथ्यांक बोर्डसँग छैन ।
बोर्डले ११ महिनामा ६० जनालाई उद्धार गरेको छ ।
विदेशिने कामदारबाट उठाइने वैदेशिक कल्याणकारी कोषमा हाल ४ अर्ब भन्दा बढी रकम छ । बोर्डले अहिले वैदेशिक रोजगारमा जाने कामदार अंगभंग हुँदा दिइने उपचार खर्च र कामदारको मृत्यु भएमा परिवारलाई दिइने आर्थिक सहायता १ लाख ५० हजारबाट वृद्धि गरी ७ लाख पुर्याएको छ ।कामदारको परिवारका सदस्यलाई गम्भीर प्रकृतिको रोग लाग्दा ५० हजार औषधी उपचार खर्च उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । कामदारको वैदेशिक रोजगार जीवन वीमा वृद्धि गरी १५ लाख पुर्याइएको छ ।
वैदेशिक रोजगारका क्रममा नेपाली कामदारलाई लाग्न सक्ने १५ प्रकारका मुख्य रोगहरु समेटी ५ लाखको स्वास्थ्य उपचार बीमाको व्यवस्था मिलाइएको छ ।वैदेशिक रोजगारको क्रममा विदेशमा विविध अभियोग लागि जेलमा रहेका नेपालीहरुलाई निःशुल्क कानूनी प्रतीरक्षा दिने व्यवस्था मिलाइएको र मृतक कामदारको शव स्वदेश ल्याउन पहल गर्ने गरिएको र मृतकको घरसम्म शव वाहनको सुविधा उपलव्ध गराइएको श्रम मन्त्रालयले जनाएको छ ।
विभिन्न नेपाली दूतावासहरुलाई कामदारको हक अधिकार रक्षाका लागि र सुरक्षित गृह संचालनका लागि नियमित रुपमा बजेटको व्यवस्था गरिएको जानकारी पनि मन्त्रालयले दिएको छ ।
अनलाइन खबर बाट
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

