बम हमलामा विप्लवको हात छ : गृहमन्त्रीको दाबी
काठमाडौं, १२ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गत शुक्रबार ललितपुरस्थित् नख्खुमा रहेको एनसेलको मुख्यालय तथा टावरहरुमा भएको बम हमला तथा आगजनीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हात रहेको दाबी गरेका छन् ।
संसदको राज्य व्यवस्था समितिको आइतबार बैठकमा गृहमन्त्री थापाले यस्तो दाबी गरेका हुन् । उनले एनसेल मुख्यालय तथा टावरहरुमाथि भएको आक्रमणको जानकारी दिँदै सो कुरा बताएका हुन् ।थापाले भने,‘यो घटनामा विप्लव तत्वले नै घटना घटाएको सूचना आएको छ ।’
मन्त्री थापाले नख्खुसहित देशभर २१ ठाउँमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा बम बिस्फोट गराएको बताएका छन्। थापाले घटना संलग्न भएको आशंकामा १६ जनालाई प्रहरीले पक्राउ गरेको बताए।
मन्त्री थापाले भने,‘१ नम्बरबाहेक सबै प्रदेशमा एनसेलका टावरमा बम पड्काइएको छ। यी सबैमा राज्यविरूद्धको षडयन्त्र देखिन्छ। प्रारम्भिक सूचनाअनुसार बिस्फोटमा विप्लवको समूह संलग्न देखिन्छ।’
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

