• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ बैशाख २०८३, बिहीबार
०३ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन
  • १७ घण्टा 

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग
  • १८ घण्टा 

एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने
  • १८ घण्टा 

सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक
  • १८ घण्टा 

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता : इएमटेक २०२६ र भीईसीभी प्रतियोगितामा नेपालको दोहोरो जित
  • २१ घण्टा 

रास्वपाको निर्णयः मन्त्रीहरुले १८ हजार र सांसदले १६ हजार रुपैँया लेबी बुझाउनुपर्ने
  • २१ घण्टा 

गर्मीमा नरिवल पानी पिउनुका यस्ता छन् फाइदा
  • २२ घण्टा 

इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो
  • १ दिन 

लोकप्रिय समाचार

  • १. काठमाडौँमा नयाँ वर्षदेखि रात्रिकालीन बस सेवा सुरु

  • २. नेपाली बजारमा सस्तो मूल्यमा रेड्मी ए–सेभेन स्मार्टफोन सार्वजनिक

  • ३. आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार

  • ४. अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह

  • ५. सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक

  • ६. ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटा दिने नेपाल टेलिकमको धमाकेदार नयाँ वर्ष अफर

  • ७. यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु फेस्ट” को घोषणा

  • ८. आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु

  • ९. २०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

एआइविटीको समस्या समाधानका लागि पहल भइरहेछ, आत्तिनुपर्ने अवस्था छैनः इक्यान अध्यक्ष पाण्डे

admin २०७५, फाल्गुन, १५

काठमाडौं । उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको माझ अष्ट्रेलिया आकर्षक गन्तब्यका रुपमा परिचित छ । एक दशक यता करिब ६ लाख नेपाली विद्यार्थीहरु अष्ट्रेलिया अध्ययनका लागि गएको देखिन्छ । अन्य देशको तुलनामा सुरक्षित, उत्कृष्ट शिक्षा र करियर सेक्युरिटीका हिसाबले अष्ट्रेलिया भरपर्दो गन्तब्य हो । तर, एक साता अघि अष्ट्रेलियन इन्ष्टिच्युट अफ बिजिनेश एण्ड टेक्नोलोजी (एआइबिटी) कलेजलाई त्यहाँको अष्ट्रेलियन स्कील क्वालिटी अर्थोरिटी (ASQA) ले दर्ता खारेज गरीदिएपछि करिब एक हजार नेपाली विद्यार्थी समस्यामा परेको विषयले राष्ट्रिय अन्तराष्ट्रिय तहमा चर्चा कमाइरहँदा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) भने सञ्चार माध्यममा आएजस्तो आत्तिइहाल्नु पर्ने अवस्था नरहेको बताउँछ ।

अष्ट्रेलियन सरकार विदेशी विद्यार्थीको पढ्न पाउने र उनीहरुको ट्युसन शुल्कका विषयमा अत्यन्त गम्भिर रहेको भन्दै एआइविटी कलेज खारेज हुँदैमा सबै विद्यार्थीको भविष्य नै संकटमा परेको र त्यसको जिम्मेवार कलेजसँगै नेपालका कन्सल्टेन्सीलाई लगाउनु उपयुक्त नभएको अध्यक्ष पाण्डेको धारणा छ । ‘एआइविटी (ASQA) मा दर्ता भएको शैक्षिक संस्था हो भन्नेमा द्विविधा छैन, उसले डिप्लोमा नर्सिङ र एडभान्स डिप्लोमा नर्सिङमा विद्यार्थी भर्ना लिएर अध्ययन गराइरहेको थियो । ती विषयहरु अध्यापन गराउँदा त्यहाँको Australian Nursisng & Midwifery Accreditation Council (ANNMAC) बाट सम्बन्धनको प्रक्रिया अघि बढाएको थियो ।

उक्त कोर्ष Non Accredited Course भएकोले हाल आएर ANNMAC Approval नहुने भएपछि समस्याको रुपमा देखिएको हो । ‘तथापि, यो ठूलो समस्या हैन, एआएविटीले दर्ता खारेजीको २८ दिन भित्र अपिल गर्न पाउने प्रावधान छ । हामी त्यो अवधिमा कलेजले दर्ता पाउनेमा विस्वस्त छौं ।’ इक्यानका अध्यक्ष पाण्डे भन्छन् । पाण्डेका अनुसार एआइविटीमा देखिएको यो समस्या ANNMAC ले Enrolled Nurse Accreditation Standerd 2017 बनाएर लागु गर्ने निर्णय गरेपछि आएको हो ।

‘एनमेकले जुलाई १, २०१८ भन्दा अगाडी डिप्लोमा अफ नर्सिङ Accredited Course पढ्नलाई आइएलटिएसका प्रत्येक ब्याण्डमा ७ अंक ल्याउनुपर्ने प्रावधान ल्याएपछि यो समस्या आएको हो ।’ उनले भने–‘एआइविटीमा पढिरहेका अधिकांश विद्यार्थीले एआएविटीका प्रत्येक ब्याण्डमा ७ अंक ल्याएका छैनन्, त्यहि भएर डिप्लोमा अफ नर्सिङ पढ्न अन्य ANNMAC Accredited शिक्षण संस्थाहरुले पनि भर्ना नलिने भएपछि समस्या आएको हो ।’

भाषाको मापदण्ड पुरा गरे हुने र जुलाई १, २०१८ देखि Accredited Course पढ्न सुरु गर्दा नै विद्यार्थीले आइएलटिएसमा प्रत्येक ब्याण्डमा ७ अंक ल्याउनुपर्ने प्रावधान लागू भयो । यसले गर्दा पनि समस्या पैदा भइदिएको छ । तथापि, विद्यार्थीहरुले जसरी सञ्चार माध्यममा भने त्यस्तो परिस्थिति आउने अवस्था छैन । उच्च शिक्षाका लागि अष्ट्रेलिया गएका विद्यार्थीले कलेजको आन्तरिक समस्यालाई नेपालमा रहेका कन्सल्टेन्सीको समेत दोष देखाइदिए । कन्सल्टेन्सीले विद्यार्थीलाई एआइविटी कलेजको विषयमा स्पष्ट जानकारी नदिएको गलत आरोप लगाएको कन्सल्टेन्सी ब्यवसायीहरुको भनाइ छ ।

इक्यानका अध्यक्ष भन्छन्, एआइविटीले नेपाली विद्यार्थीलाई भर्ना लिइरहँदा ANNMAC बाट सम्बन्धनका लागि प्रक्रिया भइरहेको र ६ महिना भित्र सम्बन्धन आउने बताएको थियो, तर त्यो ६ महिनामा सम्बन्धन लिन सकेन । नेपाली कन्सल्टेन्सीले गलत परामर्श दिन भन्न मिल्दैन । भने, कन्सल्टेन्सी ब्यवसायीले पनि विद्यार्थीको समस्याबाट पन्छिन मिल्दैन, त्यहि भएर हामीले नेपाल सरकार, शिक्षा मन्त्रालय, अष्ट्रेलियन दुतावास, एआएविटी कलेज लगायतसँग समन्वय गरेर काम गरिरहेका छौं ।’

यो समस्या नेपालका कन्सल्टेन्सी, नेपाल सरकार भन्दा पनि अष्ट्रेलियन सरकारले भिषा पोलिसीमा परिवर्तन गरेको कारण आएको हो । अहिले इक्यान विद्यार्थीको समस्या समाधान गर्न लागेको छ । यसका लागि अष्ट्रलियन सरकार, एनमेक, एआइविटी लगायत त्यहाँका शैक्षिक संस्थासँग नियमित सम्पर्क गरिरहेको छ । एआइविटी कलेजले पनि दर्ता स्विकृति (पुर्नवहाली) का लागि अपिल गरिसकेको छ । ‘यदी कलेजको दर्ता पुर्नवहाली भएको अवस्थामा समसया स्वतः समाधान हुन्छ । दर्ता खारेज भएकै अवस्थामा भने, समाधानका उपाय खोज्नुपर्छ । त्यसका लागि अष्ट्रेलियन सरकारले विदेशी विद्यार्थीका हकमा ब्यवस्था गरेको टिपिएस (TPS) अन्र्तगत जानुपर्छ ।’ अध्यक्ष पाण्डे भन्छन् ।

एआइबिटी कलेजको अन्तिम म्याद २६ मार्चसम्म रहेको छ । टिपिएस (TPS) सिष्टम अन्र्तगत अब त्यहाँ अध्ययनरत विद्यार्थीले सम्बन्धित विषयको अर्को कलेजमा स्थानान्तरण हुन पाउने ब्यवस्था छ । अर्को कलेज स्थानान्तरण नहुने विद्यार्थीले स्वदेश फर्कने बाटो अवलम्बन गर्न सक्छन् । यसमा विद्यार्थीले कलेजलाई बुझाएको शुल्कमा अध्ययन अवधि बाँकी रहेको रहेछ भने त्यस वापतको शुल्क समेत टिपिएस (TPS) ले फिर्ता गर्नेछ ।

‘पढ्न नचाहने विद्यार्थीको हकमा स्वदेश फर्किने बाटो बन्छ, पढ्न चाहने विद्यार्थीलाई अर्को कलेज स्थानान्तरणको ब्यवस्था छँदैछ, त्यस कारण यहाँ विद्यार्थीले म अष्ट्रेलियामा असुरक्षित भएँ, मेरो लगानी खेर गयो, मलाई कन्सल्टेन्सीले गलत सुचना दिएर पठायो भन्नुपर्ने अवस्था आउँदैन ।’ इक्यान अध्यक्ष पाण्डे भन्छन् । कलेज फर्किएन भने यो कलेजले आफ्ना विद्यार्थीहरुलाई अर्को कलेजमा टान्सफर गर्छ । र तेस्रो कुरा, ट्रान्सफर पनि गरेन भने अष्ट्रेलियामा ट्युसन प्रोटेक्सन सर्भिस छ । यो सरकारको आधिकारिक निकाय हो । जसको कारणले विद्यार्थीहरुले नपढेको फि पूर्ण रुपमा सुरक्षित हुन्छ । त्यहाँबाट विद्यार्थीहरुले फि फिर्ता लिन सक्छन् ।

पाण्डेले नर्सिङ विषयमा डिप्लोमा वा एडभान्स डिप्लोमा अध्ययन पुरा गर्ने अवस्थामा रहेको भए उनीहरुको हकमा हालसम्मको अध्ययनको मान्यता स्थानान्तरण शिक्षण संस्था अनुसार फरक हुने तर, अहिलेकै अध्ययनले भने एनमेकमा दर्ता हुन नपाउने भएकोले ती विद्यार्थीलाई मात्र समस्यामा पर्ने बताउँदै उनीहरुको समस्या समाधान गर्न कलेज, अष्ट्रेलियन सरकारले समुचित पहल गर्नुपर्ने बताए ।

इक्यानले समेत यो विषयलाई जतिसक्दो चाँडो हल गर्नका लागि ११ जना सञ्चालक र सहयोगीहरुलाई अष्ट्रेलिया पठाइसकेको छ । यसका अलावा अध्यक्ष आफैं मार्चको अन्तिममा अष्ट्रेलिया जाने तयारी गरिरहेका छन् । ‘बजारमा इक्यान लगायत नेपालका कन्सल्टेन्सीले समस्या हल गर्न पहल गरेनन् भन्ने जुन हल्ला फैलाइयो, त्यस्तो हैन, हामी रातदिन यहि विषयमा लागि रहेका छौं, कसरी हुन्छ त्यहाँका विद्यार्थीलाई सेफ गर्ने विषयमा हामी छौं ।’ उनले भने ।

पाण्डेले शिक्षा मन्त्रालय, एआइविटी कलेजका नेपाल प्रतिनिधि, परराष्ट्र मन्त्रालय, दुतावास, अन्तराष्ट्रिय विद्यार्थी संगठन, गैरआवासिय नेपाली संघसँग समेत समन्वय भइरहेको भन्दै विद्यार्थी अभिभावकलाई गलत अफवाहमा लागेर हतोस्ताहित नहुन आग्रह गरे । इक्यान, फेकन, आइरिन, नायर जो शैक्षिक परामर्शदातृ संस्थाका संगठन हुन् उनिहरुले आजै पत्रकार सम्मेलन गरी सम्पूर्ण कुराको जानकारी दिने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन
डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग
एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

ताजा

२०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.