• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • ६ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना
  • ७ घण्टा 

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • २४ घण्टा 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • १ दिन 

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
  • १ दिन 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
  • १ दिन 

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
  • १ दिन 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान

  • २. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ३. श्रीमतीको हत्या गर्ने ५६ बर्षिय श्रीमान पक्राउ

  • ४. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ५. नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

  • ६. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ७. फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता

  • ८. प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने

  • ९. लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

  • १०. साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

विद्यार्थीलाई टिप्सः परीक्षाको तयारी कसरी गर्ने ?

admin २०७५, चैत्र, १

रीक्षाका बेला तनावमुक्त हुनुपर्छ । पढेको कुरा पुनःस्मरण गर्नुपर्छ । तर, ‘टुप्पी कसेर’, ‘घुँडा धसेर’ किताब घोक्नु सही विधी होइन ।

तनावमुक्त हुनुपर्छ:

परीक्षाको बेला रातदिन किताव घोक्ने परिपाटी विद्यमान छ । राति अबेरसम्म पढ्ने, बिहान चाँडै उठेर फेरि किताब हेर्ने । अभिभावकले पनि यस्तै अपेक्षा गर्छन्, जो बिद्यार्थीको निम्ति बोझिलो बन्न सक्छ । त्यसैले पढेको बखत बेला(बेला विश्राम लिनुपर्छ । एकछिन बाहिर टहल्ने, खेल्ने वा हल्का मनोरञ्जन लिने गर्नुपर्छ । अझ योग वा प्रणायम गर्न सके सर्वोत्तम हो, यसले मस्तिष्कलाई स्वास्थ्य र चुस्त राख्छ । ध्यान एकाग्र गर्न सहयोग गर्छ ।

तालिका मिलाउने:

रातदिन किताव घोक्नुभन्दा एउटा तालिका तयार गरौं । बिहान कति समय पढ्ने वा बेलुकी कति समय पढ्ने रु सोको निर्धारण गरौं । त्यही अनुसार पढ्ने तालिका बनाउन सकिन्छ । यसले समय(व्यवस्थापन त राम्ररी हुन्छ नै, पढाइको चाप पनि अनुभव हुँदैन ।
लेखेर अध्ययन गर्ने,

पाठ कण्ठ गर्ने वा पाठ बाचन गर्ने शैली त्यती प्रभावकारी मानिँदैन, खासगरी स्मरणका लागि । आफुले पढेको कुरा सम्झन वा बुझ्नका लागि लेख्ने विधी उपयुक्त हुन्छ ।

लेखेको कुरालाई स्मरण गर्न सजिलो हुन्छ । त्यसैले परीक्षाकै शैलीमा प्रश्नोत्तर लेख्ने बिधी अपनाउनु सकिन्छ । यसले गर्दा परीक्षामा लेख्ने अभ्यास पनि हुन्छ र आत्मविश्वास पनि बढ्छ । कुनै पनि पाठ याद गर्नका लागि पुस्तक पढ्ने वा लेख्ने र आँखा चिम्लिएर त्यसलाई मनन गर्ने हो ।

स्वास्थ्यको ख्याल गर्ने:

परीक्षाको तनाव, अनिन्द्रा, खानपानमा अनियमितताको कारण धेरै बिद्यार्थीलाई यसबेला स्वास्थ्य समस्या देखा पर्न सक्छ । त्यसैले परीक्षामा पनि आफ्नो दिनचर्यालाई सन्तुलित राख्ने प्रयास गर्नुपर्छ । सहि समयमा सुत्ने, उठ्ने खाने तालिका अनुसरण गर्नुपर्छ ।
साथसाथै, ताजा खानेकुरा खाने, पर्याप्त पानी पिउने गर्नुपर्छ । किनभने शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य भइयो भने नै, पढेको कुरा मस्तिष्कले ग्रहण गर्छ । र, त्यसलाई आफुले सरल ढंगमा प्रस्तुत गर्न सकिन्छ ।

केही टिप्स:
– उत्तर लेख्ने भन्दा पनि प्रश्न बनाउने अभ्यास गर्न सकिन्छ । आफैंले प्रश्न बनाएर त्यसको हल गर्ने अभ्यास गरौं ।

– सामूहिक पठन विधी पनि प्रभावकारी हुन्छ । मिल्ने साथीहरुको समूह बनाएर सम्बन्धित बिषयमा तर्क(बितर्क गर्ने अभ्यास गरौं । यसरी प्राप्त गरेको ज्ञान दिगो पनि हुन्छ ।

– पाठ घोक्ने प्रयास नगरौं । बरु पढेको कुरालाई बुझ्ने वा स्मरण गर्ने अभ्यास गरौं ।

– आफूलाई अप्ठ्यारो लाग्ने विषयमा बढी समय दिनुपर्छ र मिहेनत पनि गर्नुपर्छ । तर, त्यसका लागि चिन्तित हुनुपर्दैन । आफूले बुझेको र जानेको कुरालाई राम्ररी प्रस्तुत गर्न सकियो भने काफी हुन्छ ।

– आत्माविश्वासले तपाईको परीक्षामा ठूलो उर्जा मिल्छ । परीक्षासँग डराउने वा हतास हुने होइन, परीक्षालाई अवसरको रुपमा लिनुपर्छ ।

कसरी लेख्दा राम्रो अंक प्राप्त हुन्छ ?

– प्रश्नपत्र हात परेपछि पहिला त्यसलाई ध्यान दिएर पढ्नुपर्छ । अतः त्यसमध्ये आफूलाई सबैभन्दा सजिलो लाग्ने प्रश्नको हल गर्नुपर्छ । यसले आफूमा आत्माविश्वास बढ्छ । बिर्सिएका कति कुराहरु पनि स्मरण हुन्छ ।

– उत्तर लेख्नुअघि प्रश्न दोहोर्‍याएर पढ्ने । प्रश्नको आशय बुझेर मात्र त्यसको जवाफ लेख्नुपर्छ । प्रश्नले के मागेको हो, कति मागेको हो त्यतीमात्र जवाफ दिनुपर्छ । प्रश्न हल गर्दा प्राप्त हुने अंकको आधारमा जवाफ कति गहिराइमा पुगेर दिने हो भन्ने निर्धारण गर्नुपर्छ ।

– प्रश्न बुझेर आफ्नै शैलीमा जवाफ दिने अभ्यास राम्रो हो । यसबाट बिद्यार्थीको बौद्धिक क्षमता मापन हुने हो । रचनात्मक जवाफले नै बढी अंक प्राप्त हुन्छ ।

अभिभावकले उत्प्रेरणा दिने:

परीक्षाको बेला अभिभावकले सहयोगी भूमिका खेल्नुपर्छ । आफ्ना छोराछोरीमाथि बढी अपेक्षा लाद्ने होइन । उनीहरुलाई नतिजामा केन्द्रित गरेर धेरै अंक ल्याउनुपर्छ भनेर दवाव दिनु हुँदैन । बरु, सहज वातावरण तय गरिदिनुपर्छ, जसले उनीहरुलाई कुनै बोझ महसुस नहोस् । छोराछोरीलाई अरुसँग तुलना गरेर मनोबल गिराउने काम गर्नुहुन्न । बरु, पढ्नका लागि प्रेरित गर्नुपर्छ ।

छोराछोरीको स्वास्थ्यमा बढी ख्याल राख्नुपर्छ । उनीहरुलाई सुत्ने, उठ्ने तालिका नियमित गराइदिनुपर्छ । खानपानमा पनि सर्तक हुनुपर्छ ।

edusamachar.com


तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

ताजा

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.