काठमाडौं । सन् २०१९ को विदाइको क्रममा छौँ, भने सन् २०२० को स्वागतका लागि आतुर । नयाँ वर्षमा केही विशेष उपाय अपनाउँदा मनोकांक्षा पूरा गर्न सकिन्छ । राशी अनुसार यी उपाय अपनाउँदा तपाईँलाई सन् २०२० मा धन प्राप्ति हुन सक्छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
यो वर्ष नियमित रूपमा सूर्यलाई जल अर्पण गर्नुस् । रातो चन्दनको तिलक निधार वा घाँटीको कन्ठमा लगाउनुस् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
याे वर्ष नियमित रूपमा शिवजीलाई जल अर्पण गर्नुस् । एक चाँदीको सिक्का आफूसँगै राख्नुस् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
यो वर्ष हनुमानजीको उपासना गर्नुस् । हरेक मंगलबार हनुमानजीलाई रातो फूल चढाउनुस् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
यो वर्ष लक्ष्मी माताको उपासना गर्नुस् । हरेक दिन श्री सूक्तमको पाठ गर्नुस् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
यो वर्ष गणेशजीको उपासना गर्नुस् । जल सूर्यलाई अर्पण गर्नुस् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
यो वर्ष दुर्गा माताको उपासना गर्नुस् । नियमित रूपमा जल अर्पण गर्नुस् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
यो वर्ष शनिदेवको उपासना गुर्नस् । शनिवार दीपदान गर्नुस् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
यो वर्ष भगवान विष्णुको उपासना गर्नुस् । एउटा सुन वा पित्तलको छल्ला धारण गर्नुस् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यो वर्ष सूर्यदेवको उपासना गर्नुस् । एक ताम्बेको सिक्का आफूसँग जरूर राख्नुस् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
यो वर्ष शनिदेवको उपासना गर्नुस् । हरेक शनिबार दीपदान गर्नुस् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यो वर्ष शिवजीको उपासना गर्नुस् । सम्भव भएसम्म सोमबार व्रत बस्नुस् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
यो वर्ष नियमति रुपमा गायत्री मन्त्र जप गर्नुस् । रुद्राक्ष अवश्य धारण गर्नुस् ।