झापा स्थित इमरजेन्सी रेन्पोन्स सेन्टर अर्थात इआरसीले आज ४५ हजार बराबरको राहत वितरण गरेको छ ।
कनकाई नगरपालिका तथा बिर्तामोड नगरपालिका आसपासका ५५ अतिविपन्न परिवारका लागि ४० हजार बराबरको खाद्यन्न तथा सताक्षीधाममा रहेका गौशाला संचालानार्थ ५ हजार सहयोग गरेको इसीआर तथा दारी ग्याङका सक्रिय सदस्य सन्दीप प्रसाईले बताएका छन् ।
अमेरीकाको पेन्सिलभिनिया बसोबास गर्ने चुडामणी ढकाल, दिननाथ ढकाल, दधिराम ढुंगाना र टिवि गुरुङ लगायतले लकडाउनका कारण समस्यामा रहेका विभिन्न व्यक्तिहरुलाई सहयोग गर्न भनि पठाएको उक्त रकमले सहयोग गरिएको बताइएको छ ।
यस अघि पनि अन्तराष्ट्रिय क्रिकेट ंरंगशालाको निमार्णका लागि धुर्मुश सुन्तली फाउन्डेसनमा १ लाख सहयोग गरेका उनीहरुले आगामी दिनमा पनि नेपालमा परेका हरेक समस्याका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिकामा रहेतामा मन त नेपाली नै भएको भन्दै विपन्न वर्गका मानिस तथा गौशालालाई सहयोग गर्नपाउँदा आफूँहरु अत्यन्तै खुशी भएको उनीहरुको भनाई छ ।
त्यस्तै पछिल्लो समय विभिन्न रचानात्मक कार्यगर्दै अघि बढेको इ सि आर संग समन्वय गरेर सामाजिक कार्यगर्नुहुने सम्पूर्णलाई इसिआरका प्रदेश नम्बर १ फोकल पर्सन दिपक दासले धन्यवाद ज्ञापन गरेका छन् ।
buddhashantinews.com बाट