• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ चैत २०८२, मङ्गलबार
१७ चैत २०८२, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ८ घण्टा 

मध्यरातमा भूकम्पकाे धक्का
  • ९ घण्टा 

२०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २१ घण्टा 

नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु
  • २१ घण्टा 

शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास
  • २३ घण्टा 

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु
  • २४ घण्टा 

दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत
  • १ दिन 

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ३. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ५. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ६. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ७. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • ८. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

  • ९. लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

  • १०. नवनिर्वाचित सांसदद्धारा शपथ ग्रहण सम्पन्न

व्यवसायिक माछापालन कसरी गर्ने ?

admin २०७७, भाद्र, ४

माछा पोषणको रूपमा प्रयोग गरिने प्रोटिनको एक प्रमुख स्रोत हो। माछा सुपाच्य हुनुका साथै यसमा १५–२० प्रतिशत प्रोटिन पाइन्छ। माछालाई पोखरी, ताल, नदी, धान खेत तथा अन्य जलाशयहरूमा पालन गरिन्छ।व्यावसायिक रूपमा पालिने माछाहरू हाल ७ प्रकारका रहेका छन्, जसमध्ये ३ स्वदेशी र ४ विदेशी जातका छन्।

नेपालमा मत्स्यपालन प्राकृतिक तथा नीजिस्तरमा रहेका जलाशयहरूमा गरिन्छ। नेपालमा करिब ६००० नदीनाला (जलाशय क्षेत्र ३९५००० हेक्टर) तथा नीजि पोखरीको कुल क्षेत्रफल ५१३१ हेक्टर रहेको छ। यसरीपोखरीहरूबाट ११९७५ मेटन र अन्य प्राकृतिक जलाशयबाट ११२३० मेटन गरी जम्मा २३२०५ मेटन माछा उत्पादन हुने गरेको छ।

माछाका जातहरू :

नेपालमा करीब २१७ जातका माछाहरू पाइन्छन्। जसमध्ये रहु, नैनी, भाकुरलाई व्यावसासिक रूपमा पालिन्छन्, सहर, कत्ला, मागुर र हिले माछाहरूलाई पनि कृत्रिम जलाशयमा पनि पालन गर्न सकिन्छ। स्वदेशी माछाका जातहरु पुरानो गहिरो पोखरीमा छिटो बढ्नाले यस्ता पोखरीमा पालन गर्न उपयुक्त हुन्छन्। ढिलो बढ्छन्। तर, प्राकृतिक आहारा खाएर पनि राम्ररी हुर्कन सक्दछन्। रोगव्याधी सहने क्षमता निकै राम्रो हुन्छ।स्वदेशी निकै स्वादिलो तथा लोकप्रिय पनि छन्। स्वदेशी जातका मुख्य माछाहरूमा निम्न माछाहरु पर्दछन्।

(१) रहु : यो माछा निकै स्वादिलो तथा लोकप्रिय जातको माछा हो। यसको शरीर लामो र डोलो खालको हुन्छ। शरीरभरि मध्यम आकारका कत्ला पाइन्छन् र कत्लाको रङ केही रातो हन्छ। यस माछाले एककोशीय लेउ,प्राणीजन्य जीवाणु र सडेगलेको झारपात खान्छ। ढिलो बढ्छ र २–३ वर्ष पालेमा एक डेढ किलोको हुन्छ। यो माछा पुरानो गहिरा पोखरी तथा प्राकृतिक दहहरूमा चाँडो बढ्छ।

(२) नैनी : यस जातको माछाको शरीर लामो माथिल्लो भाग खैरो तथा तल्लो भाग सेतो हुन्छ। शरीर भरीकत्ला पाइन्छ र आँखाको रङ सुनौलो देखिन्छ।

(३) भाकुर, कत्ला : यस जातको माछाको शरीर केही चौडा र माथिल्लो भाग खैरो तथा पेट सेतो रङ हुन्छ।यसको शरीरभरि ठूलठूला कत्ला पाइन्छन्। खानाका दृष्टिले यो माछा स्वादिलो र स्वस्थवर्द्धक पनि मानिन्छ।

विदेशी जातका माछाहरू पनि नेपालमा उत्तिकै लोकप्रिय छन्। पछिल्लो समय व्यवसायिक प्रयोजनका लागि यी माछाहरु पाल्न थालिएको छ। विदेशी जातका माछाहरूलाई बोलचालको भाषामा विकासे माछा भनिन्छ। विकासे जातका माछाहरूमा अनुकूल वातावरण पाएमा यिनीहरू बढी छोटो समयमा धेरै उत्पादन दिन्छन्। यिनीहरु पानीमा कम अक्सिजन रहेको अवस्थामा पनि बाँच्न सक्दछन्।

विदेशी जातका माछाहरु पोथीले थुप्रै अण्डा दिन सक्ने र बच्चाहरू चाँडै वयस्क भई प्रजनन् कार्यका लागि सक्षमहुने गर्दछन्। यिनीहरु पोखरीमा उत्पादन भएका प्राकृतिक तथा थप कृत्रिम आहारा खुवाएर पालन गर्न सकिन्छ। रोगव्याधी सहन सक्ने क्षमता यिनीहरूमा राम्रो हुन्छ। विदेशी माछामा पौष्टिक तथा स्थानीय व्यक्तिहरूले रुचाउने स्वाद भएको हुन्छ। यिनीहरु नेपालीहरुमा पनि क्रमशः लोकप्रिय र रोजाइमा पर्दै गएका छन्। विदेशी जातका केही माछाहरु यस प्रकार छन्।

(१) कमन कार्प : नेपालमा पालिने कमन कार्पहरूमा जर्मन कार्प, इजरायली कार्प र नेसिस कार्प मुख्य छन्। जीउभरि कत्ला हुनेलाई जर्मन कार्प र कम कत्ला हुनेलाई इजरायली वा मिरर कार्प हुन्छ। यसको शरीर केही चेप्टिएको लाम्चो हुन्छ। ओठको दुवैतर्फ जुङ्गा हुन्छ। शरीरमा दुई जोडी पखेटाहरू कान र पेट नेर र एक्लो पखेटा तीनवटा ढाड, मलव्दार र पुच्छरमा पाइन्छ। यो माछा सर्वभक्षी भएकाले सूक्ष्म जीवाणु, कीरा, कुहिएको झारपात तथा कृत्रिम आहारा खाएर हुर्कन्छ।

यो माछा २०–२५ सेन्टिग्रेड तापक्रममा राम्रो फस्टाउँछ। पोखरीमा यो माछा एक वर्षमा एक डेढ किलोसम्मको हुन्छ। यो माछा बढीमा ५० सेन्टिमिटर लामो र १८ किलोसम्म वजन भएको पाइएको छ। नेसिस कार्पको शरीर केही चेप्टो र चौडा डल्लो खालकोे हुन्छ, जीउमा केही कम कत्ला हुन्छ र कत्लाको रङ्ग केही सुनौलो हुन्छ। पोखरीमा यो माछा एक वर्षमा तीन किलोसम्मको हुन्छ। अन्य बानी व्यहोरा कमन कार्पजस्तै हुन्छ।

(२) सिल्भर कार्प : यसको पूरै शरीरमा ससानो चाँदीजस्तो टल्कने सेतो कत्ला हुन्छ। शरीर केही लाम्चो,चेप्टो र तल्लो भाग केही धारिलो हुन्छ। टाउको केही सानो र गोलो हुन्छ। यस माछाको गिलमा मसिनो जाली हुन्छ र पोखरीमा भएको वनस्पतिजन्य जीवाणु खाएर हुर्कन्छ। यो माछा २५–३० सेन्टिग्रेड तापक्रममा राम्रोफस्टाउँछ। पोखरीमा यो माछा एक वर्षमा एक डेढ किलोसम्मको हुन्छ। यो माछा बढीमा ५० सेन्टिमिटर लामो र ५० किलोसम्म वजन भएको पाइएको छ।

(३) विगहेड कार्प : यसको टाउको ठुलो र लाम्चो भएकोले यसको नाम बिगहेड राखिएको हो। शरीरमासिल्भर कार्प जस्तै स–साना कत्लाले ढाकेको हुन्छ।

(४) ग्रास कार्प : यसको जीउ लाम्चो र केही डोलो खालको तथा टाउको चौडा हुन्छ। शरीरमा कत्लाहरू हुन्छन्। हुर्किएको माछाले पोखरीको झारपात र घाँस खान्छ।

(५) माँगुर माछा : कत्ला नभएको लामो लामो जुङ्गा र विष डङ्क भएका स्थानीय जातका माँगुर रैथानजातका माछा हुन्। गिनीहरू हिले पानीमा तथा पानीमा थोरै अक्सिजन भएको अवस्थामा पनि बाँच्न सक्दछन्। यो माछा मांसाहारी हुन्छ र बढीम आधा किलोसम्म हुन्छ। हाल नेपालमा अफ्रिकन जातका हाइब्रिड माँगुर हालनिकै लोकप्रिय भइरहेका छन्। यो जातका माछा भान्साको उब्रेको आहारा तथा बुच÷खानाको फालेका मासु आन्द्राभुँडी खाएर पनि बाँच्न सक्ने रसानो खाल्डोमा पनि पाल्न सकिने भएकाले नेपालको तराई तथा मध्य पहाडी क्षेत्रमा लोकप्रिय बन्दै गएको छ। यो माछा १०/१२ किलोसम्मको हुन्छ।

(६) रेन्वो ट्राउट : रेन्वो ट्राउ चिसो र सफा पानीमा हुर्कने ज्यादै स्वादिलो विकासे माछा हो। प्राकृतिकअवस्थामा यो माछा मांसाहारी हुन्छ। तर, कृत्रिम रूपमा पालन गर्दा उच्च स्तरको प्रोटिनयुक्त दाना खुवाएर यो माछालाई सफलतापूर्वक पाल्न सकिन्छ।

यो माछा २०४५ सालमा जापानबाट आयात गरी त्रिशुली तथा गोदावरीमा पालन गरिएको छ। यो माछा १–२१ सेन्टिग्रेड तापक्रमा जीवित रहन्छ। माछाको वृद्धि तथा प्रजननका लागि पानीको तापक्रम १५ देखि १८ सेन्टिग्रेड र पानीमा अक्सिजनको मात्रा ७ मिलि लिटरभन्दा बढी हुनुपर्दछ। यो माछालाई सफा तथा केही बग्ने पानी चाहिन्छ। माछालाई उमेरअनुसार आहारा खुवाउनुपर्दछ।

साधारणतः साना भुरालाई ४० प्रतिशत प्रोटिन भएको दाना शारीरिक तौलको ६–७ प्रतिशतको दरले दैनिक रूपमा खुवाउनु पर्दछ। त्यस्तै १० ग्रामभन्दा माथिका हुर्कदो भुराहरूलाई ३५ प्रतिशत प्रोटिन भएको दाना शारीरिक तौलको ४–५ प्रतिशत दानाको दरले दैनिक रूपमा खुवाउनु पर्दछ। ५० ग्रामभन्दा माथिका माछाहरूलाई ३५ प्रतिशत प्रोटिन भएको दाना शारीरिक तौलको २–३ प्रतिशत दानाको दरले दैनिक रूपमा खुवाउनु पर्दछ। माछाको दाना पेलेट रूपमा बनाउनु पर्दछ।

माछाको उमेर र खाने मुखको आकारअनुसार पेलेटको दाना बनाउनु पर्दछ। प्रजननका लागि उपयुक्त उमेरको भाले पोथीको छनौट गर्नु पर्दछ। प्रजननका लागि भालेको उमेर ३–६ वर्ष र पोथी ४–७ वर्षको उपयुक्त हुन्छ। ट्राउट माछाको प्रजनन काल कार्तिकको दोस्रो हप्तादेखि फागुनको दोस्रो हप्तासम्म रहन्छ।

व्यवसायिक माछापालन – माछापालन व्यवसायका लागि निम्न प्रविधिमा ध्यान दिनुपर्दछ।

(१) माछापालनका लागि पोखरीको व्यवस्थापन : पोखरीमा भएको झार, जङ्गली माछाहरू हटाउनु पर्दछ।पुष–माघ महिनामा पोखरी सुकाएर पोखरी सफा गर्नु पर्दछ। पोखरीमा प्रतिकठ्ठा १५ किलोको दरले चुनछर्नुपर्दछ। पोखरीमा करीब १.५ मिटर स्वच्छ पानी भर्नुपर्दछ। पोखरीमा प्राकृतिक आहाराको वृद्धिका लागि प्रत्येक दुई हप्तामा करीब १० किलो गोबर वा कुखुराको सुली चारैतिर फैलने गरी छर्नुपर्दछ।

(२) पोखरीको पानीको ब्यवस्थापन : माछा पोखरीको पानी उच्च गुणस्तर तथा तापक्रमको हुनु पर्दछ। पानीकोसफापन ३०–४० सेमी (कुहिनोसम्म हात डुबाउँदा औँला देखिने), पश्यच ७.५–८.५ , अक्सिजन ५ पीपीयम र तापक्रम २०–३० सेन्टिग्रड हुनु पर्दछ।

(३) भुरा ब्यवस्थापन : पोखरीमा आवश्यक मात्रामा उपयुक्त साइजको भुरा राख्नुपर्दछ। भुराको तौल करीब २५ ग्राम हुनु पर्दछ र प्रतिकठ्ठा करीब ३०० वटासम्म भुरा राख्नुपर्दछ। मिश्रित माछापालन गर्दा पोखरीमा कमन कार्प २० प्रतिशत, सिल्भर कार्प ३५ प्रतिशत, विगहेड कार्प १० प्रतिशत, ग्रास कार्प ५ प्रतिशत, रहु १० प्रतिशत, भाकुर १० र नैनी १० प्रतिशत मिसाउन सकिन्छ।

(४) पोखरीमा भुरा कसरी छोड्ने ? : पोखरीमा माछा भुरा राख्नुभन्दा पहिले पानीको तापक्रम हेर्नु पर्दछ। भुराल्याएको पानी र पोखरीको पानीको तापक्रम फरक छ भने पोखरीमा भुरा छाड्नु हुँदैन। भुरा ल्याएको भाँडा नै पोखरीमा राखिदिनु पर्छ। जबसम्म दुवै पानीको तापक्रम बराबर हुँदैन। जब तापक्रम बराबर हुन्छ, अनि मात्र माछा भुरा पोखरीमा छाड्नु पर्छ। तापक्रम बराबर हुन लागि कम्तिमा १०–१५ मिनेट समय लाग्छ। माछा भुरा पोखरीको डिल माथिबाट खन्याउनु हुँदैन।

(५) आहारा ब्यवस्थापन : माछापालन गर्दा पोखरीमा भएको प्राकृतिक आहाराले मात्र पुग्दैन। माछाको वृद्धिका लागि थप आहारा दिनु पर्दछ। माछाको दाना बनाउँदा धानको ढुटो १४ प्रतिशत, गहुँको चोकर ३४ प्रतिशत र मकैको पिठो ५ प्रतिशत, सिद्रा ७ प्रतिशत, भटमास २३ प्रतिशत, पिना १५ प्रतिशत, भिटामिन तथा मिनरल मिक्सर २ प्रतिशत लाई राम्ररी मिसाई पानी हालेर केही मोक्राएर डल्लो बनाई पोखरीको एक छेउमा राखी दिनुपर्दछ। दाना हरेक दिन एकै समय र एकै ठाउँमा दिनु पर्दछ। दाना दिँदा माछाको तौलको करीब ५ प्रतिशत दाना दिनुपर्दछ। ग्रास कार्पका लागि हरियो कलिलो घाँस पनि दिनुपर्दछ।

(६) धान खेतमा माछापालन : तराईका पानी जमिरहने धान खेतमा माछा पालेर धानको उत्पादन तथा माछा एकै साथ लिन सकिन्छ। धानको बेर्ना रोपेपछि खेतमा कार्प जातका माछाका भुराहरू छाडिन्छ। भुराको सुरक्षा,खेतमा पानी कम भएको अवस्थाबाट बच्न तथा माछा सङ्कलन गर्न खेतको बीच भागमा करिब एक गुना एक मिटर आकारको र त्यतिकै गहिरो खाडल बनाई माछाको भुरा छाड्नु पर्दछ। यसरी माछापालन गर्दा धान पाकेर काट्ने बेलामा माछा बढेर करीब आधा किलोका हुन्छन् र एक सिजनमा प्रतिकट्ठा ३०–५० किलो माछा उत्पादन हुने गर्दछ।

(७) माछा उत्पादन : पोखरीमा माछाको वृद्धि, खानाको अवस्था आदिको निरीक्षण तथा रोगब्याधी, परजीवी(सर्प, भ्यागुता आदि) आदिको नियन्त्रण गर्नुपर्दछ। उन्नत तरिकाले माछापालन गर्दा एक वर्षमा प्रतिकठ्ठा ४–५टन आलो माछा पाउन सकिन्छ। यसरी व्यवसायिक माछापालनबाट प्रशस्त आम्दानी लिन सकिन्छ।

पोखरी, पानीको उचित व्यवस्थापनकासाथै माछाका भुरा र दानाको छनौटमा ध्यान दिई माछापालन गर्न सके गाउँघरमै माछापालन गरी मनग्य कमाउन सकिन्छ ! माछापालन सजिलोसँगै जोखिम व्यवसाय पनि हो, राम्रो दाना, भुरा, पोखरी, पानीको व्यवस्थापन गर्न सकेमा पैसा कमाउन खाडी जानु पर्दैन । गाउँघरमै माछा पालेर मनग्य कमाउन सकिन्छ । सजिलै गुजारा चलाउन सकिन्छ ।’

लेखक : प्रकृती ज्ञवाली

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पितृ उद्धारका लागि आज शिवालयमा बत्ती बालिँदै
सूर्य, बुध र शुक्र मिल्दा त्रिग्रही योग, तीन राशि हुनेहरु रहनुस् सावधान !
स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..

ताजा

यस्तो छ आजको मौसम पुर्वानुमान

मध्यरातमा भूकम्पकाे धक्का

२०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.