आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि राष्ट्रसेवक कर्मचारीहरूको तलब वृद्धि गर्ने तयारी अघि बढाएको छ । सुमनराज अर्यालको अध्यक्षतामा गठित ‘तलब भत्ता पुनरावलोकन समिति’ले बढ्दो महँगी र विद्यमान कानुनी व्यवस्थालाई आधार बनाएर कर्मचारीहरूको पारिश्रमिक वृद्धि गर्न सरकारलाई औपचारिक सिफारिस गरेको हो ।
समितिले न्यूनतमदेखि अधिकतम तलबसम्म नयाँ सीमा निर्धारण गर्न सुझाव दिएको जनाएको छ । समितिको प्रस्तावअनुसार सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीहरूको तलब २७ प्रतिशतले वृद्धि गर्ने सिफारिस गरिएको छ । हाल मासिक २७ हजार ६ सय १२ रुपैयाँ तलब पाउँदै आएका कार्यालय सहयोगीको तलब बढेर ३५ हजार रुपैयाँ पुग्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै, प्रशासनिक नेतृत्वको सर्वोच्च पदमा रहेका मुख्यसचिवको तलबमा ५६ दशमलव ७१ प्रतिशत वृद्धि गर्ने प्रस्ताव गरिएको छ । सिफारिस कार्यान्वयन भएमा मुख्यसचिवको मासिक तलब हालको ७७ हजार २ सय ११ रुपैयाँबाट बढेर १ लाख २१ हजार रुपैयाँ पुग्नेछ । यसअघि आर्थिक वर्ष २०७९र८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा ले राष्ट्रसेवक कर्मचारीहरूको तलबमा १५ प्रतिशत वृद्धि गरेका थिए । त्यसयता कर्मचारीको तलबमा कुनै हेरफेर भएको छैन ।
गत वर्ष पनि सरकारले तलब वृद्धि गर्ने तयारी गरे पनि कमजोर राजस्व संकलनका कारण प्रशासनिक खर्च धान्न कठिन हुने निष्कर्ष निकाल्दै निर्णयबाट पछि हटेको थियो । तर अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार यसपटक भने कर्मचारीहरूको तलब वृद्धि हुने सम्भावना बलियो रहेको छ ।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
