मातेकी नातिनीले हजुरआमा कुटिन्
काठमाडौं। ८१ वर्षकी हजुरआमासँग नारी दिवसका दिन रक्सी पिउन पैसा माग्दा हजुरआमाले नदिएपछि नातिनीले हजुरआमालाई मरणासन्न हुनेगरी कुटेकी छिन् । रुसकी इरिना वासिल्येभा नामकी २५ वर्षकी नातिनी मोडल हुन् । उनलाई पक्राउ गरिएको छ र यदि उनी यो आरोपमा दोषी ठहरिइन् भने उनलाई ८ वर्षसम्म जेल सजाय हुन सक्छ ।
पीडित अलेभ्तिना बोग्दानोभा आक्रमणपछि अहिले अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेकी छिन् । रिपोर्टका अनुसार रक्सीले मातेकी ती मोडलले हजुरआमासँग पैसा मागेकी थिइन् तर सेन्ट पिटसबर्गमा प्राध्यापक र रक्तसंचार विशेषज्ञ रहेकी अलेभ्तिनाले भने पैसा दिन अस्वीकार गरेकी थिइन् । त्यसपछि मोडलले हजुरआमालाई हिर्काइन् जसका कारण उनी भुइँमा लडिन् । उनको आँखामा चोट लागेको छ, टाउकोमा भित्री चोट छ र खोपडी फुटेको छ ।
द सनका अनुसार एक पुलिस प्रवक्ताले भने ‘रक्सीले मातेकी एक नागरिकले झगडाका क्रममा आफ्नी हजुरआमाको टाउकोमा हातले कैयौं पटक प्रहार गरेको स्थापित भएको छ ।’ वासिल्येभाले पनि डा. बोग्दानोभालाई हिर्काएको स्वीकार गरेकी छिन् । स्रोतका अनुसार ती मोडलले महामारीका क्रममा काम गुमाउकी थिइन् र उनीसँग पैसाको अभाव भएको थियो । उनले अन्तर्राष्ट्रिय नारी दिवस मनाउनको लागि रक्सी किन्न हजुरआमासँगबाट पैसा लिने प्रयास गरेकी थिइन् ।
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


