उचाइ बढाउन किशोर अवस्थामा गर्नुपर्ने ६ काम
सबैलाई सलक्क अग्लो र हट्टाकट्टा ज्यान परेको मानिस मन पर्दछ । मानिस आफू पनि यस्तै शरीर भएको हुन चाहन्छन् । तर कतिपयमा भने उमेर पुग्दा समेत राम्रो उचाइ वृद्धि हुन पाउँदैन । हुनत उचाइ बढाउने कुरा मानिसको वसमा हुदैन । यो मासिनको जिनमा निर्भर हुन्छ । हर्मोनको कारण मांशपेसी र हड्डीको बृद्धि हुने गर्छ । विशेषत किशोर अवस्थामा मानिसको उचाइ तीब्र रुपमा बढ्छ । यो समयमा पोषणयुक्त खानपान र उचित जीवनशैली अपनाएमा उचाइ बढाउन सकिन्छ ।
१- सन्तुलित खानपान
शरीरको सम्पूर्ण विकासमा सन्तुलित खानपान आवश्यक हुन्छ । यसकालागी हरियो सागसब्जी, फलफूल, प्रोटीन, कार्बोहाइड्रेटयुक्त खाना खानु पर्दछ । सब्जीमा सलगम, पालुङ्गो, गोभी, गाजर, ब्रोकाउली खानाले उचाइ बढाउन मद्दत पुग्दछ ।
२- पर्याप्त निन्द्रा
कतिपयलाई थाहा नहुन सक्छ, निन्द्रामा समेत मानिसको उचाइमा बृद्धि हुन्छ । अध्ययन अनुसार सुतेको बखत बच्चाको उचाइ सबैभन्दा बढी बढ्छ । यतिबेला शरीरमा ह्युमन ग्रोथ हर्मोन अधिक मात्रामा स्राव हुन्छ । त्यसैले दैनिक ८ देखि ९ घण्टा मस्त निदाउनु पर्छ ।
३- दुध र दुग्धजन्य पदार्थ
दुधमा क्याल्सियम पाइन्छ, यसले हड्डी बढाउने काम गर्छ । यसका साथै दुधमा भिटामिन ए र प्रोटिन पाइन्छ, जसले सम्पूर्ण शरीरको विकास गर्दछ । तसर्थ नियमित दुई गिलास दुध पिएमा वा दुग्धजन्य पनिर र दही सेवन गरेमा उचाइ बढाउन सहायक हुन्छ ।
४- घाम ताप्ने
भिटामिन डी पाउने सबैभन्दा सुलभ उपाय भनेको घाम ताप्नु नै हो । घामको किरणबाट भिटामिन डी मिल्दछ । यसले हड्डी बलियो बनाउनुका साथै हाडको लम्बाई पनि बढाउँछ । यस अलावा भिटामिन डी पाउन दुध, माछा, अण्डा, पनिर पनि सेवन गर्न सकिन्छ ।
५- अश्वगन्धा
उचाई बढाउन आयुवेदिक औषधी अश्वगन्धा प्रभावकारी मानिन्छ । नियमित दुई चम्चा अश्वगन्धा चुर्ण एक गिलास दुधमा मिलाएर पिएमा उचाई बढाउन सहायक मानिन्छ ।
६- व्यायामरयोगा
उचाइ बढाउन व्यायाम र योगा समेत प्रभावकारी मानिन्छ । उचाइ बढाउन तीब्र गतिमा दौडनु राम्रो मानिन्छ । प्राकृतिक रुपमा उचाइ बढाउन योग पनि फाइदाजनक हुन्छ । सूर्य नमस्कार जस्ता योगले ग्रोथ हर्मोन्स स्राव हुन्छ ।
– एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
मनसुनसँगै डेङ्गीको त्रास : उच्च सतर्कता अपनाउन विशेष आग्रह
ट्रेन्डिङ
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान

