मनसुनसँगै डेङ्गीको त्रास : उच्च सतर्कता अपनाउन विशेष आग्रह
काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम तीव्र रूपमा बढ्न थालेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले महामारीको रूप लिन सक्ने चेतावनी दिँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ।
महाशाखाको कीटजन्य रोग शाखाका अनुसार लगातारको वर्षाका कारण विभिन्न स्थानमा पानी जम्ने र त्यहीँ डेङ्गी सार्ने लामखुट्टे द्रुत गतिमा फैलिने जोखिम बढेको हो। केही दिनअघि परेको वर्षाका कारण जमेको पानीमा डेङ्गी सार्ने ‘एडिस एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टेले फूल पार्न शुरु गरिसकेका छन्। ती फूलबाट लार्भा विकास भई सङ्क्रमणको चक्र अझै भयानक हुन सक्ने चिकित्सकहरूको अनुमान छ।
महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार असार ९ गतेदेखि १५ गतेसम्मको छोटो अवधिमै देशभर ६३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ। आगामी दिनमा पनि वर्षा जारी रहने मौसम पूर्वानुमान रहेकाले सडक, घरआँगन तथा वरपरका खाल्डाखुल्डीमा पानी जम्न नदिन विशेष ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ।
नेपालमा असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिम उच्च रहने ऐतिहासिक नजिर छ। विज्ञहरूका अनुसार यो समयमा सरकारी प्रयासले मात्रै नियन्त्रण सम्भव नहुने भएकाले समुदायस्तरमै खोज र नष्ट गर अभियानसहित सरसफाइ र लामखुट्टे नियन्त्रणका उपायहरू प्रभावकारी रूपमा अपनाउनु आवश्यक देखिएको छ।
सम्बन्धित समाचार
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
