• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ बैशाख २०८३, बुधबार
२३ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
  • १५ घण्टा 

२०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १६ घण्टा 

गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा
  • १७ घण्टा 

Dongfeng Motor has launched Munich design center in European markets
  • १८ घण्टा 

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
  • १८ घण्टा 

फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न
  • १९ घण्टा 

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने
  • २० घण्टा 

नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • २१ घण्टा 

सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

  • २. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ३. आज बुद्ध पुर्णिमा ,२५७० औं बुद्ध जयन्ती मनाइँदै : लुम्बिनीमा विशेष कार्यक्रम

  • ४. खारेज भयो कर्मचारी ट्रेड युनियन

  • ५. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

  • ६. कालीमाटीमा आज कुन तरकारीको मूल्य कति छ ?

  • ७. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • ८. पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदली : धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ९. नारायणगढ मुग्लिन सडकमा पहिरो, यातायात आंशिक अवरुद्ध

  • १०. वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी

सरकारको अन्तराष्ट्रिय बेईजेत: अमेरिकाले भन्यो नेपाल सरकारले नै नागरिक बेपत्ता बनायो

admin २०७७, चैत्र, १९

काठमाण्डौ: अमेरिकाले नेपाल सरकारबाटै नागरिकहरुमाथि गम्भीर मानव अधिकारका घटना भएको प्रतिवेदन सार्वजनिक गरेको छ । अमेरिकी विदेश मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गर्दै सरकारी अधिकारीहरुबाटै नागरिकमाथि दमन गरेको तथ्य सार्वजनिक गरेको छ ।
सरकारले व्यक्तिमाथि अत्यधिक बल प्रयोग गरेर हत्या गर्ने, प्रहरी नियन्त्रणमा मानिसहरुको ज्यान जाने, वेपत्ता पार्ने, यातना दिने लगायतका गम्भीर मानव अधिकार हननका घट्ना भएको प्रतिवेदनमा उल्लेख छ । ‘नेपालमा अभिव्यक्ति स्वतन्त्रता, प्रेस तथा इन्टरनेट लगायतमा बन्देज, शान्तिपूर्ण भेलामा रोकावट बढाइयो’, प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकाले नेपालमा शरणार्थी र मुख्यतः तिब्बती शरणार्थीमाथि बन्देज बढाएको, घटनामा संलग्न अधिकारीलाई जवाफदेही नबनाएको, हालैका वर्षहरुमा भएका विरोध प्रदर्शनमा अत्यधिक बल प्रयोग गरेको, त्यस्ता घटनामा संलग्न सुरक्षाकर्मी र द्वन्द्वका बेला मानवअधिकार हनन गर्नेलाई जवाफदेही नबनाएको अमेरिकाले आरोप लगाएको छ । प्रतिवेदनको नेपाल रिपोर्ट–२०२० नामक खण्डमा गत जुन १० मा धनुषा प्रहरीको हिरासतभित्रै मृत्यु भएका दलित शम्भु सदाको घट्नालाई गैरन्यायिक हत्याका रुपमा उल्लेख गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट नेपाली सेनाले जुलाई १६ मा २४ वर्षे राजकुमार चेपाङ र अन्य ६ जनालाई नियन्त्रणमा लिई यातना दिएर छाडेको र उनको सोहि कारण पछि मृत्यु भएको भन्ने आरोप समेत प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, जुन २०१९ मा सर्लाहीमा मारिएका विप्लव माओवादीका जिल्ला नेता कुमार पौडेललाई सरकारले हत्या गरेको आरोप अमेरिकाको छ ।

नेपालमा मानवअधिकारको अभ्यास नामक सन् २०२० को वार्षिक प्रतिवेदनमा नागरिक अधिकारको सम्मान, अभिव्यक्ति स्वतन्त्रता, इन्टरनेट स्वतन्त्रता, प्राज्ञिक स्वतन्त्रता तथा सांस्कृतिक गतिबिधि, शान्तिपूर्ण भेला गर्ने, संगठित हुने स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, शरणार्थी तथा राज्यविहीन नागरिकको स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता, निर्वाचन अभ्यास, सरकारमा पारदर्शिता तथा भ्रष्टाचार, मानव वेचविखन, जातीय अधिकार, श्रमिक अधिकार बालअधिकार, कार्यथलोको अवस्था, लगायत शीर्षक, उपशीर्षकमा तत्सम्बन्धी विषय तथा घट्नाक्रमका विवरण र व्याख्याहरु गरिएको छ ।

गम्भीर दुर्व्यवहार गर्न को लागी मुख्य कुटपिट, कबुली जबरजस्ती गर्न नेपाल मानवअधिकार समूह एएफले यो पनि रिपोर्ट गरेको छ कि कानून प्रवर्तनकर्मीहरूले उल्लंघनकर्तालाई अमानवीय र अपमानजनक उपचारको अधीनमा राखेका अमेरिकी प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकाले नेपाली सुरक्षाकर्मीहरुले घटना कबुल गराउन कैदीहरुलाई अत्याधिक यातना दिने गरेको आरोप लगाएको छ । एएफको रिपोर्टअनुसार सन् २०१९ मा अन्तर्वार्ता लिएका एक हजार पाँच जना कैदी मध्ये १९ प्रतिशतले कुनै न कुनै प्रकारको यातना पाएको बताएका थिए । ९यो संख्या महिलाहरू ९२६.३ प्रतिशत र किशोर थुनामा रहेका ९२४.५ प्रतिशत बीचमा बढी थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान
मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने

ताजा

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

२०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा

Dongfeng Motor has launched Munich design center in European markets

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.