काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा ४ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा २ सय ६६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ८९ हजार ८ सय २४ पुगेको छ ।
गत २४ घण्टामा ४ जना कोरोना संक्रमितको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३६ पुगेको छ । हाल ६४ जना क्वारेन्टाइनमा छन् ।
गत २४ घण्टामा १ सय २ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ३ सय ४२ जना पुगेको मन्त्रालयले जनाएको छ ।