हामीले केपी ओलीलाई तीन पटक प्रधानमन्त्रीबाट हटाएकै हो, अब चौथो पटक हटाउँदैछौं : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुले केपी ओलीलाई तीन पटक प्रधानमन्त्रीबाट हटाएको बताएका छन् । आज (आइतबार) गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब केही दिनभित्रै हटाउने पनि खुलासा गरे ।
उनले भने,‘केपी ओलीलाई हामीले तीन पटक प्रधानमन्त्रीबाट हटायौं । तपाईँहरुले हिसाब गर्नुभाछ त्यो ? एकपटक हामीले संसदीय दलको बहुमतको हस्ताक्षर गरेर संसद सचिवालयमा लगेर दर्ता गर्यौं, उहाँलाई दल नेताबाट केपी ओली हटाईयो, प्रचण्डलाई सर्वसम्मत दल नेता बनाईयो । त्यो अनुसार हाम्रो संविधान, हाम्रो ऐन तथा कानूनले के भन्छ भने दल नेता नरहेपछि प्रधानमन्त्री स्वतः जान्छ, जानुपर्ने हो । त्यो कुनै राजनीतिक कुरा बोलेको होईन । कानूनी र संवैधानिक अनुसार हटाईएको थियो । केन्द्रीय सदस्यहरुको ७० प्रतिशतले उहाँलाई पार्टी सदस्यबाट हटाएको हो । उहाँले लोकतन्त्रविरोधी काम गरेको कारणले हटाईएको हो । हामीले बहुमतअनुसार हटाएका हौं ।
निर्वाचन आयोगमा आँफै उपस्थित् भएर भन्यौं । निर्वाचन आयोगले निर्णय गरेन । त्यो गर्नैपर्नेथियो । हाम्रो तर्फबाट हामीले त जित्यौं । तेस्रो, उहाँले संसद विघटनको प्रस्ताव गर्नुभयो । हामीले असंवैधानिक भन्यौं । अन्ततः अदालतले संसद् पूनःस्थापना गर्यो । यति ठूलो निर्णय प्रधानमन्त्रीले गरेको र त्यसको विरुद्ध अदालतले फैसला गरेकोले, त्यसकारण त्यतिवेला तुरुन्त प्रधानमन्त्रीबाट हटनुपर्छ । दुनियाँको कोही पनि मान्छे बसिराख्दैन, यो लाज पचाएर, यो घिन पचाएर ? यस्तो भयो । हामीले तीन पटकसम्म प्रधानमन्त्रीलाई हट्नैपर्ने स्थितिमा पुर्यायौं ।
तर, अब विडम्बना भन्नुपर्छ अहिले नकचरो भएर केपी चाहीँ बसिराखेकै छन् प्रधानमन्त्रीमा । अब हामी उहाँलाई चौथो पटक हटाउँदैछौं । अब हेरौं के हुन्छ ? केही दिनभित्रै हुन्छ । सहमति भयो भन कांग्रेसको नेतृत्वमा सरकार बन्छ ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


