प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर बुधबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले देशबासीका नाममा वैशाख १ गते
बिहान ८ बजे सम्बोधन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा सरकारका आगामी कामबारे पनि चर्चा गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।