• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • शिक्षा
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० फागुन २०८२, बुधबार
२० फागुन २०८२, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • शिक्षा
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

२०८२ फागुन २० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

सर्लाहीमा ड्युटिमा रहेका मतदान अधिकृतको निधन

सुनको मूल्यमा वृद्धि,चाँदीमा भने गिरावट : कतिमा हुँदैछ कारोबार ?

मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

  • ४. २०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. मतदानका दिन कस्ता सवारीचालकले मात्रै पाउँछन सवारी पास ?

  • ८. भारतकै टप ब्राण्ड मध्येको एक एम्पीयर नेपालमा सार्वजनिक

  • ९. इरानी हवाई आक्रमण : यूएईमा एक नेपाली सहित तीन जनाको मृत्यु

  • १०. मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

कोरोना संक्रमण निर्मूल नहुँदै फेरि देखियो अर्को भाइरस ‘निपा’

एजेन्सी । सन् २०१९ को अन्तिमदेखि फैलिन सुरु भएको कोरोना भाइरस (कोभिड-१९) ले विश्व आक्रान्त बनेको छ । यसबाट संक्रमित २९ लाख ८४ हजार बढी मानिसले ज्यान गुमाइसकेका छन् । हालसम्म १३ करोड ८८ लाख २८ हजार बराबर मानिस संक्रमित भइसकेका छन् ।

चमेरा वा कुनै सामुद्रिक जीवबाट भाइरस संक्रमण फैलिन थालेको हुन सक्ने बताइएको छ । तर हालसम्म यसको उत्पत्तिका बारे यथेस्ट प्रमाण प्राप्त भइसकेको छैन । यसैबीच चमेराबाट नै सर्ने अर्को ‘निपा’नामक भाइरस भने ओझेलमा थियो ।

खोप निर्माण र कम आय भएका मुलुकमा वितरण गर्न सहयोग गर्ने संस्था गाभीका अनुसार निपा भाइरसबाट संक्रमित १७ जनाले सन् २०१८ मा भारतको केरलामा ज्यान गुमाएका थिए । यसबाट संक्रमित १९ मध्ये १७ जनाको ज्यान गएको हो ।

तर त्यहाँको स्वास्थ्य सतर्कता र अफ्रिकामा फैलिएको इबोला भाइरसविरुद्धको स्वास्थ्य मापदण्डको अनुभवले नियन्त्रण गर्न सहज भयो । स्वास्थ्य मापदण्डको पालना गर्दा गर्दै पनि पुनः सन् २०१९ मा एक विद्यार्थीमा भाइरस संक्रमण भएको पुष्टि भयो ।

लगत्तै उनको सम्पर्कमा आएकाको परीक्षण गर्दा ३२९ जनामा समेत संक्रमण भएको पाइयो । तर त्यसबेला भने कसैको मृत्यु हुन भएन । भाइरस त्यति धेरै फैलिन नपाएको बताइएको छ ।

यदि भारतको केरलाबाहेक अन्य राज्य वा भारतभन्दा अन्य मुलुकमा पनि भाइरस फैलिएको भए यसले ठुलो महामारीको रूप लिन सक्थ्यो । यो भाइरसबाट संक्रमितको मृत्युदर उच्च हुनुले पनि यसको फैलावट कम भएको हुन सक्छ ।

संक्रमित व्यक्तिबाट अन्यमा फैलिन नपाउँदै सो व्यक्तिको मृत्यु भएमा संक्रमण कम फैलिने विज्ञहरू बताउँछन् । तर लुप्त भएको भाइरसले सजिलैसँग कयौँ मानिसलाई संक्रमण फैलाउन सक्छ र त्यसको परिणाम भयावह हुन सक्छ ।

के हो निपा भाइरस ?
यो चमेराबाट सर्ने भाइरस भएको विज्ञहरूले बताएका छन् । विशेष गरी भारत, बंगलादेश, मलेसिया, सिङ्गापुर तथा दक्षिण–पूर्वी एसियाली मुलकमा भएको चमेराबाट सर्ने बताइएको छ । तर साधारण मानिसले कुन जातको चमेराबाट मानिसमा सर्छ भन्ने कुराको हेक्का राख्न सकेका छैनन् । भाइरसबाट संक्रमितमध्ये ४० देखि ७५ प्रतिशत मानिसको ज्यान जाने गरेकाले यो निकै खतरनाक रहेको देखिन्छ ।

यो कसरी सर्छ ?
निपा भाइरस चमेराबाट मानिसमा सर्छ । विशेष गरी फलफूल र यसको रुखमा रहने चमेराबाट मानिसमा भाइरस सर्छ । चमेराले खाएको जुठो फल वा छोएको फलफूल मानिसले खाँदा वा प्रयोग गर्दा भाइरस सर्छ । यसैगरी चमेराबाट विभिन्न घरपालुवा जनावरमा सर्ने र जनावरबाट मानिसमा समेत सर्ने हुन्छ ।

मलेसियामा सन् १९९८ को सेप्टेम्बरमा सुँगरबाट मानिसमा सरेको पाइएको थियो । सुँगुरमा चमेराबाट पहिले नै संक्रमण भएको थियो । १९९९ को मेसम्म फैलिएको भाइरसबाट २६५ जना संक्रमित भएका थिए । जसमध्ये १०५ जनाको ज्यान गएको थियो ।

लक्षण तथा संक्रमण अवधि
निपा संक्रमित व्यक्तिमा श्वासप्रश्वास समस्या हुन्छ । यसका साथै मस्तिष्कमा जलन हुने हुन्छ । जसका कारण बिरामी कोमामा जाने तथा मृत्युवरण समेत हुने हुन्छ । यसैगरी ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने आदि लक्षण देखा पर्छन् । संक्रमित व्यक्तिलाई चरम थकान महसुस हुने, अचेत हुने, झुम्म हुने जस्ता लक्षणहरू पनि देखिन्छन् ।

यो भाइरसको अवधि सामान्यतः ५ देखि १४ दिन हुने गरेको देखिएको छ । तर कतिपयमा भने ४५ दिनसम्म रहने गरेको भेटिएको छ । यति लामो समयसम्म भाइरस रहने भएकाले नजानिदो तरिकाले कयौँ मानिसमा संक्रमण फैलिने खतरा हुन्छ ।

महामारीको खतरा !
दक्षिण–पूर्वी एसियाका मुलुकहरू यस भाइरसबाट प्रभावित हुने खतरा देखिन्छ । बगैँचा, पूजा गर्ने स्थल, विद्यालय लगायतका स्थानमा पनि चमेरा रहन सक्ने हुँदा त्यहाँबाट मानिसमा फैलिने खतरा निकै देखिन्छ ।

चमेरा फलफूलमा रहने भएकाले बजारसम्म भाइरस पुग्ने खतरा पनि उत्तिकै छ । यसले एकैपटक हजारौँ मानिसमा संक्रमण हुने र महामारीको रूप लिन धेरै समय नलाग्ने देखिन्छ ।

६० प्रतिशत मानिसलाई भाइरस सार्ने चमेराको बारे ज्ञान नभएको बताइएको छ । विश्वको जनसंख्याको करिब ६० प्रतिशत मानिस बसोबास गर्ने क्षेत्रमा निपा भाइरस हुनुले जुनसुकै बेला पनि यसले महामारीको रूपधारण गर्ने सम्भावना रहेको देखिन्छ ।

खोप विकास भइसक्यो ?
निपा भाइरसविरुद्ध हालसम्म खोप विकास भइसकेको छैन । तैपनि २०२० को फेब्रुअरीमा सुरु भएको खोपले २०२१ को सेप्टेम्बरसम्ममा पहिलो चरणको परीक्षण भने गरि सक्ने अपेक्षा गरिएको छ ।

खोप विकासका लागि महामारी तयारी प्रवर्तन गठबन्धन (सीईपीआई)ले सन् २०१८ मा २ करोड ५० लाख डलर लगानी गरेको छ । अमेरिकाको सिनसिनती बाल मेडिकल केन्द्रमा भइरहेको खोप निर्माण कार्यको परीक्षण १८ देखि ४९ वर्ष उमेर समूहका मानिसमा गरिने बताइएको छ ।

महामारीको रूप लिने खतरा कसरी कम गर्न सकिन्छ ?
संक्रमित व्यक्ति पत्ता लगाएर आवश्यक कन्ट्राक्ट ट्रेसिङ गर्ने लगायतका उपायले महामारी बन्नबाट रोक्न सकिन्छ । सबभन्दा मुख्य कुरा चाहिँ स्थानीय समुदायलाई यसबारे जनचेतना जगाउनुपर्छ ।

चमेराबाट जनावर तथा फलफूललगायतमा पहिले भाइरस सर्ने भएकाले सचेत हुन स्थानीयलाई बताउनु उपयुक्त हुन्छ । यसका साथै जति सक्दो चाँडो प्रभावकारी खोपको विकास गर्नुपर्छ । (यो खबर हामीले लाइभमान्डूबाट साभार गरेका हौं)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नबिल निःशुल्क जलन उपचार शिविर सम्पन्न, ६५ जना जलनका बिरामीहरुको उपचार
धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै
स्वास्थ्य जीवनका लागि सहि तरिकाले कसरी सुत्ने,यस्तो छ तरीका

लोकप्रिय

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

२०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
  • २०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
  • ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.