एशियाकै प्रभावशाली ३० युवाको सूचीमा ” गौरिका”
एशियाकै सर्वाधिक ३० प्रभावशाली युवाको सूचीमा नेपालकी पौडीवाज गौरिका सिंह छानिएकी छिन् । विश्वप्रशिद्ध फोर्बस म्यागाजिनले १८ वर्षीया गौरिकालाई विलक्षण प्रतिभाकी युवा भनेर उल्लेख गरेको छ । गौरिका १२ वर्षको उमेरदेखि नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएकी छिन् । फोर्बस थट्टी अन्डर थट्टी एशिया २०२१ मा उनको योगदान र प्रतिभाबारे वर्णन गरिएको छ । फोर्बसले गौरिका ९ वर्षकै उमेरबाट पौडी खेलमा सक्रिय रहेको उल्लेख गरेको छ ।
२०१६ को रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडीमा गौरिका थिइन् । २०१९ को दक्षिण एशियाली खेलकुदमा ४ स्वर्ण, २ रजत र ३ काँस्य पदक जित्न सफल भइन् । उनी २०२० को टोकिया ओलम्पिकमा छनोट भएकी छिन् । यो खेल २०२१ का लागि सरेको छ । खेलका अलावा उनी माइती नेपाल र शान्ति एजुकेशन इनिटिएटिमको गुडविल एम्बेसेडर बनेर सामाजिक कार्यमा पनि सक्रिय छिन् । गौरिका नेपालको खेल इतिहासमा एउटै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सबैभन्दा बढी स्वर्ण जित्ने एकमात्र खेलाडी हुन् । उनी दक्षिण एशियाली खेलकुदमा सबैभन्दा बढी पदक जित्ने खेलाडीको सूचीमा पनि छिन् ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला
२०८३ साउन २० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

