Jankari Kendra
१२ आश्विन २०८३, सोमबार
Worldlink

उपाधिका लागि नेपाल र नेदरल्याण्डस भिड्दै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, बैशाख, ११

काठमाडौँ: त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि आज नेपाल र नेदरल्याण्डस् भिड्दै छन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड्सबीचको उपाधि भिडन्त दिउँसो १ः१५ बजे सुरु हुने छ। सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। तर, दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई ३ विकेटले पराजित गरेको थियो। नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो। प्रतियोगिताभरी नेपालको ब्याटिङ्ग उच्च लयमा छ। तर नेदरल्यान्ड्सको ब्याटिङ्ग पनि कमजोर नरहेकोले उपाधि कब्जा गर्न दुवै टोलीलाई सहज छैन। कोरोना संक्रमणको जोखिमका कारण आजको खेल पनि दर्शकबिहीन हुने छ।

Top Changing Nepal

युट्युब सट्स