माधव नेपाल समूहको सम्भावित नयाँ दलको खाका तयार
काठमाडौं, २८ वैशाख । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दलको खाका तयार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी बहुमतको गठबन्धन बन्ने निश्चित भएमा नेपाल समूहका सांसदहरुले राजीनामा दिएर नयाँ दल निर्माण गर्ने खाका समेत तयार गरेका हुन् । त्यसका लागि उनले गठबन्धनमा आफ्नो निश्चित शर्त समेत प्रस्तुत गरेका छन् ।
नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेकपा समाजवादी हुनेछ । अध्यक्षमा माधवकुमार नेपाल र बामदेव गौतम रहनेछन् । वरिष्ठ नेतामा झलनाथ खनाल रहनेछन् ।
दलको चुनाव चिन्ह सुर्य चिन्हभित्र पाँचवटा तारा राखेर मागिने तयारी भएको छ । जनताको बहुदलीय जनवाद नै पार्टीको सिद्धान्त रहनेछ ।
महासचिवमा भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमध्ये दुईजनालाई राख्ने, उपमहासचिवमा गोकर्ण बिष्ट र योगेश भट्टराई रहने गरी तयारी भएको छ ।
७ उपाध्यक्ष र ७ सचिव रहने र अधिकांश युवाहरुलाई स्थान दिने तयारी भएको छ । महिलालाई पदाधिकारीमा बढी स्थान दिने गरी तयारी भएको बुझिएको छ ।
सम्भवतः माधव नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राखेको शर्तमा लिखित सहमति भएमा २० प्रत्यक्ष निर्वाचित सहित माधव नेपाल समूहका सांसदहरुले राजीनामा दिएर नयाँ दल दर्ताको प्रक्रियामा भोलि नै जाने भएका छन् । शर्त बमोजिम २० जनाले राजीनामा दिएको स्थानमा तत्काल उपनिर्वाचन गरी उनीहरुलाई नै जिताउन गठबन्धन दलबाट उम्मेदवारी नहुने उल्लेख छ ।
माधव नेपालले एक वर्ष गठबन्धनबाट कुनै नेता प्रधानमन्त्री बनेमा चुनाव गर्दा ६ महिना आफू बन्न पाउनुपर्ने शर्त पनि सारेको बुझिएको छ । शर्त पूरा भएमा भोलि नै नेपाल अगाडि बढ्ने विश्वस्त स्रोतले जानकारी दिएको छ ।
नेकपा माओवादी केन्द्रबाट निष्काशित ४ प्रतिनिधि सभा सदस्य खाली रहेको सिटमा उपनिर्वाचन हुँदा सोही दलका उम्मेदवारलाई नै गठबन्धनले साझा उम्मेदवार बनाउने सहमतिको खाकामा उल्लेख छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा सोभन्दा बढी दलको बहुमतप्राप्त सरकार गठनको आव्हान गरेको समय सकिदै जाँदा ओलीविरोधी गठबन्धनमाथि दबाब बढ्दै गएको छ । ३० वैशाखको साँझ ९ बजेभित्र गठबन्धनबाट बहुमतको दाबी प्रस्तुत गरेर सरकार गठनमा नबढे ओली नै फेरि प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ । त्यसपछि ओलीविरोधी गठबन्धनबाट सरकार बनाउने सम्भावनाको ढोका बन्द हुनसक्छ ।
सम्बन्धित समाचार
सेयर बजारमा भारी पहिरो,कारोबार रकम सवा ७ अर्ब नाघ्यो
अब स्थानीय तहबाटै भूमिसम्बन्धी सेवा विस्तार गर्ने बालेनको घोषणा
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
