Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

नेपालमा थप १,६०३ जनामा कोरोना पुष्टि, २७ जनाले गुमाए ज्यान

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, असार, २०
नेपालमा थप १,६०३ जनामा कोरोना पुष्टि, २७ जनाले गुमाए ज्यान

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १३२ जनामा गरिएको परीक्षणमा १ हजार ६०३ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार ४ हजार ८७६ जनामा आरटी पीसीआर र ३ हजार २५६ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । यसमध्ये पीसीआरबाट १ हजार ४२ र एन्टिजेनबाट ५६१ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा नेपालमा थप २७ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार २२५ पुगेको छ । हाल देशभर ९ जिल्लामा ५ सय भन्दा बढी संक्रिय संक्रमित रहेका छन् ।

Top Changing Nepal

युट्युब सट्स