१७ वर्षपछि युरोकप फाइनलमा नयाँ टिम
युरोकप २०२० को उपाधिका लागि इटली र इंग्ल्याण्ड भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पारजित गर्दै इंग्ल्याण्डले फाइनलमा इटलीसँग भेट पक्का गरेको हो । वेम्वलीमा भएको खेलमा इंग्ल्याण्डलले एक गोलले पछि परेर पनि नतिजा उल्टाएको हो । त्यसअघि इटलीले स्पेनलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।
इंग्ल्याण्ड ठूलो प्रतियोगितामा ५५ वर्षपछि र युरोकपमा पहिलो पटक फाइनल पुगेको हो । यसअघि सन् १९६६ मा घरेलु मैदानमै भएको विश्वकपको उपाधि इंग्ल्याण्डले जितेको थियो । यस्तै युरोकपको फाइनलमा पुग्ने इंग्ल्याण्ड १३औं टिम बनेको छ । यसअघि १२ टिमले फाइनल खेल्दा १० टिमले उपाधि जितिसकेको छ । युगोस्लाभिया र बेल्जियमले फाइनल पुगेर पनि उपाधि जित्न सकेको छैन ।
यस्तै १७ वर्षपछि युरोकपमा नयाँ टिम फाइनल पुगेको हो । सन् २००४ मा दुई नयाँ टिम ग्रीस र पोर्चुगल फाइनल पुगेका थिए । जहाँ ग्रीसले पोर्चुगललाई हराएर उपाधि जितेको थियो । इटली र इंग्ल्याण्ड अपराजित रहँदै फाइनल पुगेका हुन् । इटलीले अहिलेसम्म खेलेको ६ वटै खेल जितेको छ । समूह चरणको तीन खेलमा कुनै गोल नखाइ जित हात पारेको इटलीले नकआउट चरणका तीन मध्ये एक खेल पेनाल्टी सुटआउट र एक खेल अतिरिक्त समयमा जितेको थियो ।
यस्तै इंग्ल्याण्डले समूह चरणमा दुई जित र एक बराबरी खेलेको थियो । त्यसपछि जर्मनी र युक्रेनलाई निर्धारित समयमै हराएको इंग्ल्याण्डले डेनमार्कलाई अतिरिक्त समयमा हराएको हो ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला
२०८३ साउन २० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

