• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        शनिबार, माघ १८, २०८२
शनिबार, माघ १८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

काठमाडौंमा सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु

यामाहाको “मायासँग मायाको यात्रा” ले ल्यायो विवाहको सिजनमा साथ र भरोसाको सगुन

विशेष अफर सहित नयाँ लेभ्निङ इलेक्ट्रिक स्कुटर सार्वजनिक

२०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एसएमएल इसुजुको निःशुल्क सर्भिस क्याम्प धादिङवेशीमा सम्पन्न, १७५ भन्दा बढी सवारीसाधन सहभागी

पोल्याण्डद्वारा लोकमान्य गोल्छालाई ‘अर्डर अफ मेरिट’ को अफिसर क्रस प्रदान

रेडम्याजिक ११ एयर चीनमा सार्वजनिक, यस्ता छन् फिचर

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल माघ १३ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा १७ औँ वर्षमा प्रवेश : थपिए यस्ता सुबिधा

  • ४. ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ५. अभिनेता, निर्देशक तथा लेखक अर्पण थापाले रोजे ‘एक्स्ट्राअर्डिनेरी’ आयन भी

  • ६. २०८२ साल माघ १५ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. माघ २२ गतेदेखि भृकुटीमण्डपमा ११ औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

  • ८. सुनको मुल्यमा नयाँ कीर्तिमान : तोलाकै ३ लाख ९ हजार

  • ९. २०८२ साल माघ १४ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. रेडम्याजिक ११ एयर चीनमा सार्वजनिक, यस्ता छन् फिचर

अन्ततः फुटबाट जोगियो एमाले, भयो यस्तो सहमती

काठमाडौं । लामो समयदेखिको अन्तरविरोध समाधान गर्दै सत्तारुढ नेकपा (एमाले) को विवाद समाधान कार्यदलमा सहमति जुटेपछि सो दल विभाजन हुनबाट जोगिएको छ ।

कार्यदलमा प्रतिनिधिसभाको विघटनसम्बन्धी विचाराधीन मुद्धा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत् एवं संस्थागत निर्णयअनुरुप अगाडि बढ्ने सहमति भएको छ । सहमतिपछि कार्यदलमा रहेका नेताहरु पत्रकारमाझ प्रफुल्ल मुद्रामा प्रस्तुत भई बुँदाबारे जानकारी दिनुभएको थियो ।

पार्टीभित्र देखापरेका असहज र असामान्य अन्तरविरोधले गर्दा देशभरिका पार्टी कार्यकर्ता र समर्थक-शुभेच्छुक चिन्तित भएको तथा यसले एमालेको आन्तरिक मात्र नभई मुलुकको राजनीतिक स्थायित्व, अग्रगति र एकतासमेत कमजोर हुने आशङ्का बढेर गएकाले पार्टीलाई एकताबद्ध एवं सुदृढ बनाउने सङ्कल्पसहित कार्यदलमा सहमति भएको हो ।

पार्टीभित्रका अन्तरविरोधहरु पार्टीको दायराभन्दा बाहिर पुगेको र कतिपय सन्दर्भमा कटुतापर्ण तथा एकार्काप्रति निषेधात्मक बन्दै गएको स्थितिको मूल्याङ्कन गरी अन्तरविरोधलाई विधिसममत ढङ्गले समाधान गर्दै अघि बढ्न १० बुँदे सहमति भएको छ ।

हिजो बिहानदेखि राति १० बजेसम्म सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको कार्यदलको बैठकमा विवादित विषयमा सहमति भएको एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले जानकारी दिनुभयो ।

उहाँले राष्ट्रिय आवश्कता र जनताको भावनाको आकङ्क्षाबमोजिम ऐतिहासिक सहमति गर्दै एकताबद्ध भएर सबै समस्या समाधान गर्ने दृढता लिइएको बताउनुभयो । उपाध्यक्ष रावलले पार्टी सचिव प्रदीपकुमार ज्ञवालीलाई सहमतिमा बुँदा प्रस्तुत गर्न समय दिएपछि ज्ञवालीले सो विवरण सार्वजनिक गर्नुभएको थियो ।

सो सहमतिमा पार्टीका सबै कमिटी, निकाय र जनसङ्गठनलाई नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम नेपाल कम्युष्टि पार्टी (नेकपा) हुनुपूर्व २०७५ जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णयसमेतलाई आधारमा मानी सङ्गठात्मक अवस्थाबाट क्रियाशील हुने उल्लेख छ ।

सहमतिमा २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट एमाले पुनःर्जीवित भएपछि वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र साङ्गठनिक काम कार्यबाही स्वतः बदर हुने, उक्त फैसलापछि एमालेमै रहने निर्णयमा पुगेका तत्कालीन नेकपा (माओवादी केन्द्र) का रामबहादुर थापा लगायत नेताहरुलाई स्वागत गर्दै नेकपामा रहँदाका स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहेका ती नेतालाई सोही कमिटीमा रहने निर्धारण गरिएको छ ।

सहमतिमा पार्टीमा योगदान गरेका अन्य नेताहरुलाई केन्द्रीय कमिटीले १० प्रतिशतमा नबढ्ने गरी उक्त कमिटीमा मनोनयन गर्ने, पार्टी तथा जनसङ्गठन पूर्ववत अवस्थामा क्रियाशील हुने क्रममा उत्पन्न हुन सक्ने समस्याको निराकरण र सदस्यता नवीकरण, महाधिवेशन तथा विभिन्न तहका अधिवेशन सम्बन्धमा सुझाव दिन कार्यदल गठन गर्ने उल्लेख छ ।

यी निर्णयहरु अनुमोदनका लागि यथाशीघ्र विधान अधिवेशन आयोजना गरी प्रस्तुत गर्ने पनि सहमति भएको छ । कार्यदलको सिफारिश कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटीको बैठक आयोजनना गर्न अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललाई अनुरोध गरिनेछ ।

यस्तै पार्टी, संसदीय दल, जनसङ्गठनहरुलाई विधि र पद्धतिसम्मत किसिमले उच्च समझदारीका साथ सञ्चालन गर्दै एकता, क्रियाशीलता र मर्यादाको अभिवृद्धि गरिने जनाइएको छ ।

हिजो दिउँसो ४ बजेका लागि राखिएको स्थायी कमिटीको बैठक आजसम्मका लागि सारिएको छ भने पार्टीको केन्द्रीय कमिटीको बैठक भोलि बिहान ११ बजेका लागि डाकिएको छ ।

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदल गठन भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतिनिधिसभा निर्वाचनका लागि करिब २ लाख १३ हजार कर्मचारी परिचालन गरिने
    गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो : सुदन गुरुङ
    महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

    लोकप्रिय

    २०८२ साल माघ १३ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा १७ औँ वर्षमा प्रवेश : थपिए यस्ता सुबिधा

    ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

    अभिनेता, निर्देशक तथा लेखक अर्पण थापाले रोजे ‘एक्स्ट्राअर्डिनेरी’ आयन भी

    ताजा

    २०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

    काठमाडौंमा सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु

    यामाहाको “मायासँग मायाको यात्रा” ले ल्यायो विवाहको सिजनमा साथ र भरोसाको सगुन

    विशेष अफर सहित नयाँ लेभ्निङ इलेक्ट्रिक स्कुटर सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    Follow Us

    Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

    Recent Posts

    • २०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल
    • काठमाडौंमा सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु
    • यामाहाको “मायासँग मायाको यात्रा” ले ल्यायो विवाहको सिजनमा साथ र भरोसाको सगुन
    • विशेष अफर सहित नयाँ लेभ्निङ इलेक्ट्रिक स्कुटर सार्वजनिक
    • २०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.