बाबुरामले भने : एमसीसी पारित गरौँ
काठमाडौँ : जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन र नेपाल सरकारबीच भएका सम्झौता एमसीसी कम्प्याक्ट पारित गर्नुपर्ने बताएका छन् ।
एमसीसीको पक्ष र विपक्षमा बहस भइरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने बताएका हुन् । ट्वीटरमा एक पोस्ट लेख्दै उनले एमसीसी र बीआरईलाई अगाडि बढाउनुपर्ने बताएका हुन् । उनले एमसीसीमा राष्ट्रिय सहमति गर्नुपर्नेसमेत बताएका छन् । सत्तारुढ गठबन्धनको एक महत्वपूर्ण घटक जसपाका नेताको यो भनाइले सरकारले आसन्न संसद अधिवेशनबाट एमसीसी पारितको तयारी गरेको संकेत देखिएको छ ।
उनले लेखेका छन्, ‘यसमा राष्ट्रिय सहमति गरौं : १ उच्चस्तरीय राजनीतिकरकुटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं, २ चीनसँगका BRI पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं, अमेरिकासँग चिठी आदानप्रदान सहितः एमसीसी कार्यान्वयन गरौं । युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं !
सम्बन्धित समाचार
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

