मोबाइल छिटो चार्ज गर्न चाहनु हुन्छ ? अपनाउनुहोस् यी उपायहरू
एजेन्सी । तपाईलाई हतार भएको छ , तर मोबाइलमा चार्ज कम छ । यस्तो अवस्थामा तपाई छिटो मोबाइलमा चार्ज आवश्यक पर्छ । ब्याट्री चार्ज एकै पटकमा गर्न नसकिएपनि त्यसलाई चाडो गर्न भने सकिन्छ । त्यसका लागि केही उपायहरु अपनाउन आवश्यक छ ।
मोबाइललाई फ्लाइट मोडमा राख्नुहोस्
यो एकदम सामान्य र सजिलो तरिका हो । जसबाट एकदमै तीव्र गतिमा मोबाइल चार्ज गर्न सकिन्छ । फ्लाइट मोडमा मोबाइल राख्दा सबै फङ्सन बन्द हुँदैनन् । तर, जब तपाईंले फोन फ्लाइट मोडमा राख्नुहुन्छ तब फोन गर्न मिल्दैन र जिपिएस जस्ता फिचरहरूले काम गर्न बन्द हुन्छ ।
फोन पूरै बन्द गरिदिनुहोस्
मोबाइल फोन चार्जका बारेमा विश्वमा फैलिएका हल्लाहरूमध्ये एक हो, फोन अन नै राखेर चार्ज गर्दा यो बिग्रन्छ । तर, यो गलत हो । चलिरहेको फोन चार्ज गर्नु नराम्रो हुँदैन ।
मोबाइल युएसबी पोर्टबाट चार्ज नगर्नुहोस्
मोबाइल फोन युएसबी पोर्टबाट भन्दा बिजुलीबाट धेरै छिटो चार्ज हुन्छ । उदाहरणका रूपमा एप्पल फोनका लागि उक्त कम्पनीको सुझाब छ कि मोबाइल फोन बिजुलीबाट मात्र चार्ज गर्नुहोस् ।
तापक्रम मिलाउनुहोस्
तात्ने गरी ब्याट्री राख्दा यसको क्षमतामा ह्रास आउँछ । उदाहरणका लागि एप्पलका अनुसार गर्मीको कारण मोबाइलको ब्याट्रीको क्षमता खराब हुन्छ । फोनलाई घामबाट पनि टाढा राख्नुपर्छ ।
आधिकारिक चार्जर मात्र प्रयोग गर्नुहोस्
सबै चार्जर एउटै देखिन्छन्, तर एउटै भने कहिल्यै हुँदैनन् । सबैभन्दा राम्रो फोनको आधिकारिक चार्जरबाट मात्र चार्ज गर्नु हुन्छ । यसले सुरक्षित तरिकाबाट सबैभन्दा राम्रो परिणाम दिन्छ ।
सम्बन्धित समाचार
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

