• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२१ जेठ २०८३, बिहीबार
२१ जेठ २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न
  • ७ घण्टा 

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी
  • ७ घण्टा 

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त
  • ९ घण्टा 

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै
  • ९ घण्टा 

सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा
  • १० घण्टा 

एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन
  • ११ घण्टा 

मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने
  • १२ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

पश्चिमी प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव : देशका विभिन्न क्षेत्रमा बदली र वर्षा, तराईमा तातो लहरको प्रभाव कायमै
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. तीन प्रतिशत ‘शिक्षा समता शुल्क’ बारे नेसनल प्याब्सनसहित अभिभावक संघबिच छलफल, सरकारसँग संवाद अघि बढाइने

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको निधन

  • ४. एक्सपेङ बन्यो विश्वका ७ प्रमुख देशमा नम्बर १ उदाउँदो चिनियाँ ईभी ब्रान्ड

  • ५. के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका

  • ६. रविसँगको भेटपछि मोदीले भने– ‘साझा समृद्धिका लागि नेपालसँग नजिकबाट सहकार्य गर्न तयार छौं’

  • ७. बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार, नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर

  • ८. पल्सर आरपीएम सम्पन्न  : युवा सिर्जनशीलता र साहसिक खेलकुदको उत्साहपूर्ण उत्सव

  • ९. मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

  • १०. वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै

तपाईंलाइ मस्तिष्क अस्वस्थ त हुँदै छैन ? यस्ता हुन्छन् लक्षण

admin २०७८, मंसिर, १६

मानिसको जीवनमा कहिलेकाहीँ उत्तारचढाव आइरहन्छ । जसले मानिसलाई अस्थिर बनाउँछ । त्यस बेला आफूलाई सन्तुलन राख्न गाह्रो पर्दछ । मस्तिष्कको शक्ति र स्मृतिले व्यक्तिको जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

आधुनिक एवं वैज्ञानिक युगमा स्मरणशक्तिको कमी एउटा गम्भीर समस्या बनेको छ । दिमागलाई स्वस्थ राख्नका लागि आफ्ना अस्वस्थ व्यवहार हटाउँदै जानुपर्दछ । उनीहरूमा आफ्नो संवेदना, भावना, सोच, विचारलाई नियन्त्रण गर्न सकियो भने जीवनमा सफलता मिल्दै जान्छ । जीवनमा यस्तो उतारचढावमय अवस्था आइरहन्छन्, यस्तो अवस्थामा आफूलाई सन्तुलित राख्नु सबैभन्दा महत्वपूर्ण उपाय हो ।

दिमाग स्वस्थ नहुने कारण
काममा असन्तुष्टि,
धेरै समयसम्म चिन्तित हुनु,
कुनै कुराको रुचिको अभाव,
उमेरका कारण,
पौष्टिक खानाको कमी,
अनिद्रा, शारीरिक तथा मानसिक थकान,
नशालु पदार्थ सवेन ।

लक्षणहरू
मानसिक थकान,
अरूचि,
आलस्य,
कमजोरी,
निराश,
लामो समयसम्म स्मरण गर्न नसक्ने आदि ।
दिमाग स्वास्थ राख्न के गर्ने त ?
गल्तीबाट पश्चात्ताप नगनुहोस्

गल्ती सबैबाट हुन्छ, जानेर वा नजानेर । गल्ती जानेर पो गर्नु हुँदैन, नजानेर हुने गल्तीका लागि मानिस धरै समयसम्म पछुताइरहेका हुन्छन् । तर यसो गर्नु राम्रो होइन । धेरै समयसम्म पहिला भएको गल्तीको पछुतो सम्झिरहँदा दिमागको क्षय हुन्छ ।

कुनै एउटा कुरालाई लिएर समय बबार्द नगनुहोस्

कुनै समय खराब थियो भनेर जहिले पनि उस्तै हुँदैन । त्यसैले कुनै दिन एउटा कुनै अप्रिय घटना भयो भनेर त्यसैलाई मनमा खेलाएर पूरै दिन बबार्द गर्नु हुँदैन । त्यसैले सकारात्मक सोच राख्नुपर्दछ र नमीठो अनुभवलाई भुल्नुपर्दछ । एक्लोपन महसुस नगर्नुहोस् ।

सबैभन्दा दिमाग क्षय गर्ने ठूलो कारण एक्लोपन हो । मानिसहरू अधिकांश समय साथीभाइसँग बस्न रुचाउँछन् । मानिसहरू एक्लो भयो भने अनावश्यक कुरा सोच्न थाल्दछन् । बिस्तारै त्यसरी सोच्ने ग्रन्थि बन्द हुँदै जान्छ । त्यसैले एक्लोपनसँग डराउने होइन, समयको सदुपयोग गर्नुपर्दछ ।

अप्रिय कुरामा नअल्झिनुहोस्
कुनै एक विषयलाई लिएर धेरै तनाव नहुनुहोस् । कुनै एक गल्तीले तपाईंको जीवनको पूरै प्रतिष्ठा सकिँदैन । त्यसैले तपाईं जिन्दगीका पानाहरू पल्टाउँदै जानुहोस् । कुनै एउटा घटनाले वा गल्तीमा अल्झिएर नबस्नुहोस् ।

परिवर्तनसँग नडराउनुहोस्

सफताको माथिल्लो सिँढीमा पुग्नका लागि परिवर्तन हुन आवश्यक हुन्छ । मानिसको दिमाग परिवर्तनशील हुन्छ । हामी यथास्थितिमा राख्न खोज्छौँ, जसले गर्दा बुद्धिको विकासमा असर पुर्याउँछ । परिवर्तनसँग डराउने होइन, खुलेर सामना गर्ने विचारले दिमाग बढाँउछ ।

बितेका कुरामा चिन्ता नगर्नुहोस्

बगेको खोला फर्किंदैन भनेझैँ बितिसकेका कुरा चाहे जतिसुकै पीडादायी भए पनि त्यसमा तपाईंले अहिले जति नै धेरै चिन्ता गरे पनि केही फरक पर्दैन । हिजो भइसकेको कुरालाई लिएर आज कुनै पश्चात्ताप गरिरहनुको औचित्य रहँदैन । त्यसैले आज तपाईंको अगाडि जे छ, त्यसैमा चित्त बुझाउने तथा राम्रो बनाउनेतर्फ प्रयास गर्नुपर्दछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट
बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार, नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
सर्पदंशबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह, राति हिँड्दा टर्च प्रयोग गर्न सुझाव

ताजा

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.