धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष अधिकारी द्धारा कार्यसमितिको पदभार ग्रहण सम्पन्न
काठमाडौं। धापासी जेसीजको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । शनिबार आयोजित एक समारोहबीच धापासीं जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी अमित आचार्य ले वर्ष २०२२ का अध्यक्ष जेसी खेम राज अधिकारीलाई पदभार हस्तान्तरण गरेका हुन् ।
पदभार हस्तान्तरण तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व परराष्ट्रमन्त्री प्रकाश शरण महतले निती नियम, पदभारको उचित कार्यान्नयन, लोकतन्त्र र देशको सुशासन प्रबर्धनमा युवाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
जेसीजका युवाहरुले देशमा रहेको बिस¨ती तर्˚ आवाज उठाउनु पर्ने,उद्यमशीलतालाई प्राथमिकतामा राख्नु पर्ने र सामाजिक सेवाको भावनालाई उजागर गर्नु पर्ने भन्दै महतले राजनीतिक दलहरुले पनि युवाहरुलाई उचित भूमिका दिनुपर्ने र सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले टोखाको सामाजिक कार्यमा तथा टोखा क्षेत्रको ब्यक्तीत्व र नेतृत्व बिकाशमा धापासी जेसीजले महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।
तिल¨टार माध्यामिक बिध्यालय धापासीका प्रधानाध्यापक सरोज पाण्डेले धापासी जेसीजले सामाजिक क्षेत्रको अग्रणी संस्थाको रुपमा कार्य गर्दै आएको स्मरण गराउँदै नागरिक समाजको अभिन्न अंगको रुपमा जेसीज रहेको र धापासी क्षेत्रमा बिगत १६ बर्ष देखी सम्पुर्ण कार्याक्रमहरुमा सधै उपस्थित रहेको र आगामी कार्यक्रमहरुमा पनि सधै साथ र सहयोग निरन्तर रहि रहने बताए । नेपाल जेसीजकी कार्यकारिणी उपाध्यक्ष रमा कुमारी प्याकुरेलले धापासी जेसीज लाई बर्ष भरी नै आ˚ुले गर्नुपर्ने साथ सहयोग रही रहने र २४ सै घण्टा आ˚ु तयार रहेको र देशभरीका शाखाहरु मध्ये सधै उत्कृष्ट कार्यहरु गर्दै आईरहेकोमा धन्यवाद ज्ञापन गरिन् ।
समारोहमा धापासी जेसीज वर्ष २०२२ का अध्यक्ष खेम राज अधिकारीले यो वर्ष नेपाल जेसीजमा रहेको बिभिन्न चार बिधा भित्र रही उत्कृष्ट कार्यहरु समाजमा गर्दै जाने र
विविध कार्यक्रम गरिने बताए । उनले युवा उद्यमशिलता, अन्तराष्ट्रिय स्तरको तालिम, स्वास्थ्य शिबिरहरु तथा टोखा नगरपालिकाको संस्कृति प्रबर्धन र सामाजिक सेवाको क्षेत्रमा आगामी वर्ष प्रभावकारी कार्ययोजनासहित काम गरिने बताए । तसर्थ धापासी जेसीजमा महासचिवमा प्रवल गौतम, कानुनी सल्लाहकारमा धिरज कुमार अधिकारी र कोषाध्यक्षमा धर्मिन्द्रा शाही लाई नियुक्त समेत गर्नु भयो । यसै गरी बर्ष २०२२ का अन्य पदहरु १६ औ अधिवेशन बाट निर्बिरो निर्वाचित भैसकेको थियो । कार्यकारीणी उपाध्यक्षमा २ र उपाध्यक्षमा ४ जना निर्विरोध निर्वाचित भएका थिए । निर्वाचित हुने कार्यकारीणी उपाध्यक्ष मा जेसी सुरज अधिकारी र दिवा घिमिरे रहेका छन् भने उपाध्यक्षमा जेसी सुस्मिता बिश्वकर्मा, जेसी अनुता आचार्य, जेसी कोपिला प्रसाई र जेसी गणेश जैसी चौलागाई रहेका छन् ।
समारोहमा धापासी जेसीजका कार्यहरुमा सहयोग पुर्याउने तिल¨टार माध्यामिक बिध्यालय धापासीका प्रधानाध्यापक सरोज पाण्ड लाई मानार्थ सदस्य सहित अन्य संस्था एवं व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।
सम्बन्धित समाचार
काङ्ग्रेस नेतृ पबित्रा लामा र उनकी दिदि रेखाद्वारा खाद्यान्न वितरण
भूकम्प गएको पाँच वर्षपछि मात्र बस्ती हस्तान्तरण
फेशन डिजाईनर गोमा अधिकारी धिताल द्वारा राह्त सहयोग
सुशान्त सिंह राजपुतको पोस्टमार्टम रिपोर्टमा गडबडी ! डाक्टरकै मिलेमतोको आशंका
इ.आर.सी मार्फत राहत वितरण
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई सघाउँदै बराल, यस्तो अभियान सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह

