जानकारी केन्द्र । सवारी साधनमा नयाँ इम्बोस्ड नम्बर प्लेट भए तापनि नवीकरण लगायत कार्यमा पुरानो सवारी नम्बर आवश्यक रहेको जनाइएको छ ।
सवारीसाधनमा नयाँ इम्बोस्ड नम्बर प्लेट राखिए पनि सवारी धनीले ब्लूबुक बोक्नुपर्ने आवश्यकता रहेको छ । सवारी साधनको पुरानो नम्बरकै आधारबाट नवीकरण तथा नामसारी गर्नुपर्ने हुँदा यसको आवश्यकता पर्न गएको जनाइएको छ ।
यसैगरी, यातायात व्यवस्था विभागले भेहिकल रजिस्टर प्रणाली अर्थात भीआरएस लागू नहुँदासम्म पुरानै नम्बर नै प्रयोगमा आएउने जनाएको छ । साथै, ट्राफिक प्रहरीले जाँच गरेको अवस्थामा भने आफूसँग भएका सबै कागजात देखाउनुपर्ने हुन्छ ।
त्यसैगरी, सवारीधनीले नयाँ इम्बोस्ड नम्बर लिएपछि भने भीआरएसबाट सवारीको अवस्थाबारे अनलाइन हेर्न सक्नेछन् । हाल सबै कागजात र प्रमाण कागजी फाइलमा रहेको र इम्बोस्ड नम्बर प्लेट लागू भएपछि डाटा केन्द्रीय प्रणालीमा रहने विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुको भनाई छ ।