Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

प्रहरीको नियन्त्रणमा स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वली

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, जेष्ठ, ३१
प्रहरीको नियन्त्रणमा स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वली

जानकारी केन्द्र । प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई महिलामाथि हातपात गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारका अनुसार तुलसीपुर उपमहानगर–५ मा रहेको सब्जिमण्डी नजिकै एक महिलालाई घरैमा गई कुटपिट गरेको आरोपमा राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिइएको हो ।

स्थानीयले विहान ८ बजे तिर महिलालाई हातपात गरिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षकले हाल घटनाबारे बुझिरहेको बताए ।

Top Changing Nepal

युट्युब सट्स