काठमाडौं । आज नेप्से परिसूचक १२.५७ अंकले बढेर १,९७८.९४ को विन्दुमा रोकिएको छ ।
आज १ अर्ब १८ करोड ७१ लाख ४५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएकोे छ । कम्पनीको १३ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसैगरी, एनसीसी बैंकको १० करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिभिल बैंकको ४ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।