हवाई भाडामा वृद्घि, काठमाडौँ–धनगढी रुटको १६ हजारमाथि
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेपछि हवाई भाडामा पनि वृद्घि भएको छ ।
बुधबारदेखि लागू हुने गरी नेपाल वायु सेवा सञ्चालक संघले आन्तरिक हवाई सेवाको भाडा बढाएको हो । संघले सोमबार एक सूचना जारी गर्दै आन्तरिक हवाई उडानको फ्यूल सर्चाज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले बढेको जनाएको छ ।
यसैगरी, नयाँ मूल्य अनुसार सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा ८४० रुपैयाँले भाडा बढ्नेछ । उक्त रुटका लागि अब हवाई सेवा प्रदायकले एक व्यक्तिबाट अधिकतम १६ हजार ८०५ रुपैयाँसम्म लिने छन् । सबैभन्दा कम काठमाडौँ–सिमरा ७० रुपैयाँले बढेको छ । जहाँ अधिकतम ४ हजार १९५ रुपैयाँ भाँडा तोकिएको छ ।
त्यस्तै, आइतबार नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य समेत प्रतिलिटर १९ रुपैयाँले बढाएको थियो । यसपछि हवाई भाडा पनि बढेको हो ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

