एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले परराष्ट्र मन्त्रालयमार्फत् अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपाल आबद्ध नहुने पत्र पठाइसकेको दाबी गरेको एक सातापछि पनि परराष्ट्र मन्त्रालयले पत्र पठाएको छैन । परराष्ट्र मन्त्रालयले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता सेवा लम्सालले यस्तो जानकारी दिएकी हुन् ।
पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता लम्सालले भन्नुभयो – एसपीपीको पहिले भएको पत्राचारमा परराष्ट्र मन्त्रालय सहभागी थिएन । अब हामीलाई मन्त्रीपरिषद्को निर्णयअनुसार एउटा म्यानुअल प्राप्त भएको अवस्था छ । सबै कुरा राम्रोसँग अध्ययन गरेर मात्रै पत्राचार गर्नुपर्ने भएकोले अहिले त्यसलाई अध्ययन गर्ने क्रममै छौँ । उपयुक्त समयमा डिप्लोम्याटिक च्यानलबाट मन्त्रिपरिषद्को सो निर्णयलाई कार्यान्वयन गर्नेछौँ । अहिले पत्र गइसकेको अवस्था छै । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
सम्बन्धित समाचार
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

